२०८२, २८ चैत्र आईतबार

तीन किलो सुनसहित दुईजना पक्राउ

तीन किलो सुनसहित दुईजना पक्राउ


काठमाडौँ, ९ असोज महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले रसुवा केरुङ नाका हुँदै काठमाडौँ सुन तस्करी भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा रसुवा गोसाइकुण्ड गाउँपालिकाका नरबहादुर घले र पेम्बा तामाङलाई पक्राउ गरेको हो ।

परिसरले आज पत्रकार सम्मेलन गरी सोमबार बेलुका बा ७३ प ३४०२ नम्बरको निलो रङ्गको पल्सल मोटरसाइकल सुन ल्याउँदै गरेको अवस्थामा टोखा रोडबाट पक्राउ गरिएको जानकारी दिएको हो ।

सम्मेलनमा परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले गोप्य सूचनाका आधारमा खानतलासी गर्दा १२ टुक्रा सुन पेटीभित्र लुकाएर ल्याएको अवस्थामा बरामद गरेको जानकारी दिनुभयो । “पक्राउ परेका सुनको मालिक नभएर भरियामात्र भएको अनुसन्धानमा खुल्न आएको छ,”–उहाँले भन्नुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक लामाले दुवैजना रसुवामा घर बनाउने ठेक्कापट्टा गर्ने काम गर्ने गरेको र एक किलोग्राम सुन केरुङबाट काठमाडौँ ल्याएको रु ५० हजार पाउने गरेर सुन ओसारपसारमा संलग्न रहेको अनुसन्धानमा खुलेको बताउनुभयो । “सुनको मुख्य मालिक पत्ता लगाउन हामी लागेका छौँ,”–उहाँले भन्नुभयो ।

नेपाल सुनचाँदी व्यवसायी सङ्घकाअनुसार उक्त सुनको मूल्य रु एक करोड ५० लाख २० हजार ६९९ रहेको छ ।

पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको परिसरले जनाएको छ । पक्राउ व्यक्तिलाई भन्सार ऐन २०६४ को दफा ५७ ९१० ९ङ० अनुसार एक करोडभन्दा बढी पाँच करोडसम्मको विगोमा एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।

प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलबार  ११ : ०१ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४