२०८३, ३१ भाद्र बिहीबार

घुस रकमसहित अमिन पक्राउ

घुस रकमसहित अमिन पक्राउ


सर्लाही, ९ असोज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज नापी कार्यालय सर्लाही, सेवा केन्द्र हरिवनका एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सेवा केन्द्रका अमिन किशुनदेव मण्डल रहेको छ । आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको घुस रकम नौ हजारसहित उनलाई पक्राउ गरेको हो ।

अंशवण्डा पत्रका लागि जग्गा कित्ताकाट गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाका आधारमा मण्डललाई पक्राउ गरेको जनाएको छ ।

हरिपुर नगरपालिका–८ का सत्यनारायण महतो र शिव नारायण महतो दाजुभाइको अंशबण्डाका लागि मण्डलले रु १५ हजार घुस मागेको तर महतो दाजुभाइले मालपोत कार्यालय सेवा केन्द्र हरिवनमै लेखापढीको काम गर्ने रामबहादुर महतोमार्फत रु नौ हजार दिएको शिव नारायण महतोले बताउनुभयो ।

आफू १० दिनदेखि जग्गाको कित्ताकाटका लागि धाउँदा पनि काम नभएपछि अख्तियारमा खबर गरेर घुस दिन बाध्य भएको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलबार  १० : ५६ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक