२०८२, २४ कार्तिक आईतबार

घुस रकमसहित अमिन पक्राउ

घुस रकमसहित अमिन पक्राउ


सर्लाही, ९ असोज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज नापी कार्यालय सर्लाही, सेवा केन्द्र हरिवनका एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सेवा केन्द्रका अमिन किशुनदेव मण्डल रहेको छ । आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको घुस रकम नौ हजारसहित उनलाई पक्राउ गरेको हो ।

अंशवण्डा पत्रका लागि जग्गा कित्ताकाट गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाका आधारमा मण्डललाई पक्राउ गरेको जनाएको छ ।

हरिपुर नगरपालिका–८ का सत्यनारायण महतो र शिव नारायण महतो दाजुभाइको अंशबण्डाका लागि मण्डलले रु १५ हजार घुस मागेको तर महतो दाजुभाइले मालपोत कार्यालय सेवा केन्द्र हरिवनमै लेखापढीको काम गर्ने रामबहादुर महतोमार्फत रु नौ हजार दिएको शिव नारायण महतोले बताउनुभयो ।

आफू १० दिनदेखि जग्गाको कित्ताकाटका लागि धाउँदा पनि काम नभएपछि अख्तियारमा खबर गरेर घुस दिन बाध्य भएको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलबार  १० : ५६ बजे

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा