२०८२, १६ चैत्र मंगलबार

अस्पतालका फोहोर पानी सिधै ढलमा

अस्पतालका फोहोर पानी सिधै ढलमा


काठमाडौँ, ९ असोज :काठमाडौँ उपत्यकाभित्र रहेका अस्पताल तथा केही व्यापारीक संस्थाले फोहोर पानी प्रशोधन नगरीकन सिधै ढलमा मिसाउने गरेको पाइएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको अनुगमनका क्रममा अस्पतालबाट उत्पन्न हुने फोहर पानी प्रशोधन गरेर मात्रै ढलमा पठाउनुपर्ने व्यवस्था भए पनि त्यसो नगरिएको पाइएको हो ।

खानेपानी तथा सरसफाइमन्त्री बिना मगर, सचिव गजेन्द्र ठाकुर, मन्त्रालय मातहतका विभाग, बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पदाधिकारीले गरेको अनुगमनका क्रममा अस्पतालले सामान्य प्रशोधन पनि नगरी ढलमा मिसाएको पाइएको हो । मन्त्रालयका अनुसार वीर अस्पतालले दैनिक एक लाख २० हजार लिटर पानी भूमिगत स्रोतबाट प्रयोग गर्ने गरेको छ । काठमाडांै उपत्यका लिमिटेडबाट वितरण गरेको धाराबाट हप्तामा एक पटक पानी आउने हुँदा अस्पतालले दैनिक माग धान्न भूमिगत स्रोतबाट पानी तानिएको पाइएको हो । अस्पतालमा जडान गरिएको डिप बोरिङ सञ्चालनका लागिसमेत अनुमति लिइएको छैन ।

यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले चार वटा डिप बोरिङ सञ्चालनमा ल्याएको भए पनि एउटाको मात्रै अनुमति लिएको पाइएको छ । दैनिक आठ लाख लिटर पानी भूमिगत स्रोतको प्रयोग गरेको भएपनि फोहोर पानी व्यवस्थापनमा ध्यान नदिएको पाइएको छ । यस्तै सेन्ट्रल विजनेश पार्कबाट निस्कने फोहोर तरल पदार्थ सिधै ढलमा मिसाइएको अनुगमनको क्रममा फेला परेको मन्त्रालयले जनाएको छ । उक्त व्यापारिक संस्थाले दैनिक ४० हजार लिटर पानी प्रयोग गर्दै आएको छ ।

यसैगरी पाटन अस्पतालले अनुमति नै नलिईकन डिप बोरिङ सञ्चालनमा ल्याएको छ । दैनिक चार लाख लिटर पानी भूमिगत स्रोतबाट प्रयोग गरिएको भएपनि तरल फोहोर व्यवस्थापन नगरेको पाइएको छ । त्यस्तै नमूना बस्ती हात्तीवनले समेत अनुमति नलिई भूमिगत स्रोतको पानी उपयोग गरेको छ । दैनिक ४० हजार लिटर पानी प्रयोग हुने गरेको छ । तरल फोहरको व्यवस्थापनपछि मात्रै खोलामा पठाइएको अनुगमनका क्रममा देखिएको छ ।

यस्तै ललितपुरको भैँसेपाटीमा रहेको वाई वाई चाउचाउ उद्योगले दैनिक ५० हजार लिटर पानी प्रयोग गर्ने गरेको छ । अनुमति नलिईकन डिप बोरिङ सञ्चालन गर्नेलाई तत्काल अनुमति लिन मन्त्रालयले आग्रह गरेको छ । मन्त्री मगरले फोहर पानी प्रशोधनपछि मात्रै व्यवस्थापन गर्ने प्रणालीको विकास गर्न र अनुमति लिएर मात्रै डिप बोरिङ सञ्चालन गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको बताउनुभयो । उहाँले ठूला संस्था वा प्रतिष्ठानको अनुमगन कार्य निरन्तर जारी रहनेसमेत जानकारी दिनुभयो । मन्त्री मगरले केही दिन पहिले काठमाडौँका पानी उद्योगको समेत स्थलगत निरीक्षण गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलबार  ९ : १८ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक