२०८३, २७ भाद्र आईतबार

रत्ननगरमा निःशुल्क वाईफाई सेवा शुरु

रत्ननगरमा निःशुल्क वाईफाई सेवा शुरु


रत्ननगर, ९ असोज : चितवनको रत्ननगर नगरपालिकाले आजदेखि विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा शुरु गरेको छ । सर्वसाधारणलाई इन्टरनेटको पहुँचमा पु¥याउन नगरका मुख्यमुख्य बजार क्षेत्रमा निःशुल्क वाईफाई सेवा शुरु गरेको नगरप्रमुख नारायण वनले जानकारी दिनुभयो । उहाँले नगरपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यअनुरुप आजदेखि वाईफाईसेवा शुरु गरिएको बताउनुभयो ।

पहिलो चरणमा रत्ननगरको सौराहा, कृष्णप्रणामी मन्दिर, बसपार्कलगायतका स्थानमा वाईफाई सेवा शुरु गरिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डस् नेटवर्कसँगको सहकार्यमा शुरु भएको वाईफाई सेवाको प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले आज उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले नगरपालिकाले सूचना प्रविधिलाई प्रयोग गर्ने प्रयास गरेको भन्दै इन्टरनेट सेवाबाट सर्वसाधारणले धेरै कुरा सिक्न सकिने बताउनुभयो ।

इन्टरनेटको सही सदुपयोग हुनसके बालबालिकाको क्षमता विकासमा ठूलो सहयोग पुग्ने पनि उहाँले बताउनुभयो । प्रदेश नं ३ का प्रदेशसभा सदस्यद्वय कृष्ण खनाल र कञ्चन खनालले नगरपालिकाले सूचना र प्रविधिको क्षेत्रमा गरेको प्रयास महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो । यसैबीच आज रत्ननगर–१० मा रहेको वैरीया माध्यमिक विद्यालयले प्राविधिक शिक्षाको पढाई शुरु गरेको छ । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा सो विद्यालयले पशु विज्ञानको तीनवर्षे स्नातकतहको कक्षा शुरु गरेको हो । आज प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र रत्ननगर नगरपालिका प्रमुख नारायण वनले संयुक्त रुपमा प्राविधिक शिक्षाको उद्घाटन गर्नुभयो । यसअघि पञ्चकन्या माध्यमिक विद्यालयमा इलेक्ट्रोनिक्स इञ्जिनियर र जनजागृति माध्यमिक विद्यालयमा सिभिल इञ्जिनियरको पढाई शुरु भइसकेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलबार  ९ : १३ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।