२०८३, ११ जेष्ठ मंगलबार

काभ्रेको बनेपामा पार्थीवेश्वर मन्दिर उद्घाटन

काभ्रेको बनेपामा पार्थीवेश्वर मन्दिर उद्घाटन


काभ्रे  ९ असोज  :  काभ्रेको बनेपा नगरपालिका वडा नं ६ खत्री गाउँमा नवनिर्मित पार्थिवे्श्वर मन्दिरको गत शनिबार उद्घाटन गरिएको छ । स्थानीय महिलाहरुको सक्रिय अगुवाईमा बनेको उक्त मन्दिरलाई प्रदेश सांसद बसुन्धरा हुमागाई र बनेपा नगरकी उपप्रमुख रेखा दाहालले संयुक्त रुपमा ताम्रपत्रलाई उजागर गरी उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मन्दिर निर्माणका लागि सहयोग गर्ने सहयोगीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा वडा नं। ६ का वडाअध्यक्ष सचितानन्द केसी, रेडक्रस सोसाइटी काभ्रेका सभापति रघुबर चौप्रधान, स्थानीय समाजसेवी भेषराज शाह, राजेन्द्र थापा, तेजध्वज खत्री, पदम परिवार लगायतको सहभागीता रहेको कार्यक्रमका सभापतित्व मैया केसीले गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथी सांसद हुमागाईले महिलाहरुले आफ्नो अगुवाई नमुनायोग्य काम गरेको भनी महिलाहरुको मुक्त कण्ठले प्रशंसा गरेका थिए । महिलाहरु मात्रै भएको समितिले अनियमितता नगरी थोरै अनुदानबाट पनि राम्रो काम हुने गरेको थियो । त्यस्तै यहाँका महिला दिदी बहिनीहरुले पनि गर्नु भएकोमा धन्यवाद दिंदै उनले पुरुषहरुको समितिले फजुल खर्च र अनियमितता गर्ने संभावना बढी नै हुने औल्याएका थिए । कार्यक्रमा उनले वडादेखि नै एउटै लाइनको सरकार भएकाले प्रतिवद्धता गरेको कुरालाई व्यवहार पूरा गर्न गराउन सजिलो हुने बताए । वृद्ध भत्तालाई ५ हजार पु¥याउन आफूहरुले पहल गरिरहेको बताउँदै उनले भने अहिले वृद्धहरुको उपचार खर्चका लागि १ लाखसम्मको बीमा कार्यक्रम सरकारले ल्याएको बताएका थिए ।

कार्यक्रममा नगरकी उपप्रमुख रेखा दाहालले मन्दिर निर्माणका लागि महिलाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको आभार व्यक्त गरिन् । उनले महिललाई सबै क्षेत्रमा सक्रिय भएर लाग्न अुनरोध गर्दै संविधान जे जे लेखिएको भए पनि अहिले पनि महिलाहरु घरेलु हिंसाबाट पिडित भएको बताएकी थिइन् । हिंसा भए सहेर नबस्न आग्रह गर्दै न्यायका लागि नगरमा आउने उनको अनुृरोध थियो ।

कायक्रमा वडाअध्यक्ष सचितानन्द केसीले आफूहरुले थोरै अनुदान उपलब्ध गराउँदा पनि राम्रो काम गरेकोमा खुसी व्यक्त गरे । उनले भने, ‘चाहना भए हुने रहेछ, ठूलो श्रमदान गर्नुभएको छ, खुल्ला राख्न नहुने शिवलिङ्गलाई मन्दिर बनाएर राख्ने उदाहरणीय महिलाको कामले वडाको सान र मान बढाउनु भएको छ ।’ जनताका यस्ता काममा आफूहरु सधैं सँगै विकासमा सहभागी हुने बताउँदै उनले आफूहरुको मागअनुसार नै प्रदेशले सडकका लागि यथेष्ट बजेटको व्यवस्था सांसद हुमागाईबाट भएको बताएका थिए । झरीका बीच भएको मन्दिर उद्घाटनमा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलबार  ७ : ५१ बजे

युद्धविराम वार्ताकै बीच ठूलो तनाव: इरानमा अमेरिकी हवाई आक्रमण

काठमाडौं । इरान र अमेरिका बीच युद्ध अन्त्य गर्ने प्रारम्भिक

एमाले अब बदलिनैपर्छ : जनतासँग जोडिने कि इतिहासमा हराउने ?

नेपालको राजनीतिक इतिहासमा नेकपा एमाले केवल एउटा राजनीतिक दल मात्र

एमाले सचिवालय बैठकले पदाधिकारीको वरीयताक्रम टुंगो लगायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले पार्टी पदाधिकारीहरूको

इरान सम्झौतामा ट्रम्पको ‘ब्रेक’ : हर्मुज अझै अमेरिकी निगरानीमा

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित युद्धविराम तथा आणविक सम्झौतामा

अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतले पार्टी