२०८२, ९ भाद्र मंगलबार

नेपालको कारागारबिहीन जिल्ला कुन हो ?

नेपालको कारागारबिहीन जिल्ला कुन हो ?


रुकुम पूर्व, ९ असोज गत वर्ष छुट्टै जिल्लाको मान्यता पाएको रुकुम पूर्वमा अझै कारागार स्थापना हुनसकेको छैन । जिल्लामा कारागारको व्यवस्था नहँुदा यहााँका कैदीबन्दीलाई रुकुम पश्चिमको कारागार पठाउनुपर्ने बाध्यता छ ।

जिल्ला अदालत स्थापना भएयता १५ कैदीबन्दीलाई रुकुम पश्चिम पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो । जिल्लामा कारागार नहुँदा कैदीबन्दीलाई पूर्व र पश्चिम ओहोरदोहोर गराउन कठिनाइ हुने गरेको छ । “बाटो असहज छ, थुप्रै चुनौतीका बीच कैदीबन्दीलाई रुकुम पश्चिम पठाउनु परिरहेको छ,” तिम्सिनाले भन्नुभयो ।

आफ्नै जिल्लाका कैदीबन्दी राख्न गाह्रो भइरहेको बेला अर्को जिल्लाबाट कैदी ल्याएर राख्दा थप समस्या भएको रुकुम पश्चिम कारागारका जेलर लोकबहादुर घर्तीले बताउनुभयो । कारागारमा कैदीको व्यवस्थापनका साथै अदालतमा उपस्थित गराउन निकै समस्या भएको उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले कारागार स्थापनाका लागि गृहमन्त्रालय तथा कारागार व्यवस्थापन विभागमा पटक पटक ताकेता गर्दैआएको बताउनुभयो । उहाँले भन्नुभयो, “तत्काल कारागार स्थापना गर्न नसके अरु समस्या आउनुका साथै व्यवस्थापनमा थप समस्या हुन्छ ।” कारागारका लागि संरचना निर्माण गर्न जग्गा उपलब्ध गराउन सिस्ने गाउँपालिकासँग छलफल भइरहेको छ ।
–––

प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलबार  ७ : ५८ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको