२०८२, ३ कार्तिक आईतबार

वार्ता स्थगित भएको भोलिपल्ट काश्मिरमा छ जनाको मृत्यु

वार्ता स्थगित भएको भोलिपल्ट काश्मिरमा छ जनाको मृत्यु


श्रीनगर, भारत, ९ असोज भारत र पाकिस्तानबीचको दुई पक्षीय उच्चस्तरीय वार्ता स्थगित भएको भोलिपल्ट भारतको काश्मिरमा छ जना मारिएका छन् ।

मारिने मध्ये एक जना सुरक्षाकर्मी र अरु पाँच जना लडाकू रहेको समाचारमा जनाइएको छ । दुई पक्षबीचको भिडन्तमा परी उनीहरु मारिएको सैन्य अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । भारतीय सेनाका कर्णेल राजेश कालीले भारत र पाकिस्तानको सिमाना पार गर्न खोज्ने दुई जना शंकास्पद व्यक्तिहरु आइतबार मारिएको बताउनुभयो ।

त्यस बाहेक अन्य तीन शंकास्पद लडाकूहरु र अर्का एक जना सुरक्षाकर्मी सोमबार मारिएको उहाँको भनाई छ । घटना भएको ठाउँ उत्तरी ताङधार क्षेत्र हो ।

प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलबार  ७ : १७ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल