२०८२, १२ श्रावण सोमबार

२० वर्ष पुराना गाडीः निर्णय उल्टाउँदै सरकार

२० वर्ष पुराना गाडीः निर्णय उल्टाउँदै सरकार


काठमाडौं, असोज ९: सरकारले २० वर्ष पुराना गाडी फेरि सञ्चालन दिने तयारी गरेको छ। पुराना सवारीसाधनले दुर्घटना र प्रदूषण बढाएपछि सरकारले नै डेढ वर्षअघि यस्ता गाडी सञ्चालनमा रोक लगाएको थियो। काठमाडौं र पोखराबाहेकका क्षेत्रमा २० वर्ष पुराना गाडी सञ्चालन गर्न दिने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषदमा पु¥याएको छ।

यसलाई मन्त्रिपरिषदबाट स्वीकृत गराउने तयारी रहेको छ । काठमाडौं र पोखराबाहेकका क्षोत्रमा भेहिकल फिटनेस र यातायात व्यवस्था विभागका प्राविधिकले सवारी चल्न योग्य भएको प्रतिवेदन पेस गरेका आधारमा सञ्चालन गर्न खोजिएका हो।

लामो दूरी र पहाडी क्षेत्रमा चल्ने अधिकांश गाडी बलिया हुने मन्त्रालयको उच्च अधिकारीको दाबी छ। ‘अहिलेका नयाँ गाडीभन्दा ती पुराना गाडी धेरै स्तरीय छन्,’ नाम नबताउने शर्तमा ती अधिकारीले भने, ‘उमेर बढेसँगै गाडी मानिसजस्तो बुढा हुँदैन।’, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलबार  ७ : १६ बजे

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता, उद्धार कार्य जारी

रसुवा । नेपालकै एक प्रमुख तीर्थस्थल गोसाइँकुण्डमा आइतबार स्नान गर्ने

सूर्यविनायकमा नयाँ रंगशाला निर्माणबारे प्रधानमन्त्री ओलीको पहलमा उच्चस्तरीय छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा अन्तर्राष्ट्रियस्तरको नयाँ

कांग्रेस बागमती संसदीय दलको बैठक आज हेटौंडामा, नयाँ दल नेता चयनको तयारी

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज

ओलीले गरे बीपीको प्रशंसा : बीपीले नेपाल र भारतका लागि योगदान गरेका छन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाले नेपालका लागि

२४ औं घण्टा विद्युत आपूर्ति गर्ने चाहना पूरा गर्न सकिएन : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले २४औं  घण्टा