२०८२, ११ कार्तिक सोमबार

मन्त्रीस्थापितले भने : बनेपामा हलिउड र बलिउड कलाकार आउनेगरी ‘वर्ल्ड सेन्टर’ बनाउँछु

मन्त्रीस्थापितले भने : बनेपामा हलिउड र बलिउड कलाकार आउनेगरी ‘वर्ल्ड सेन्टर’ बनाउँछु


काभ्रेपलाञ्चोक – प्रदेश नम्बर ३ का भौतिक तथा पूर्वाधार मन्त्री केशव स्थापितले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा कला र साहित्य विधाको ‘वर्ल्ड सेन्टर’ निर्माण गर्ने योजना बनिसकेको बताउनुभएको छ ।

बनेपा नगरपालिका–२ स्थित बासुकी डाँडालाई पर्यटकीय स्थल बनाउने विषयमा बनेपा नगरपालिकाको कार्यालयद्वारा सोमबार आयोजित छलफल कार्यक्रममा आफ्नो मन्त्रालयबाट त्यस क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न ३० लाख रुपैयाँ छुट्याइएको र विस्तृत अध्ययनका लागि मात्रै दुई करोड छुट्याइने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थापितले बनेपालाई संसारमा स्थापित गराउँछ, हलिउड र बलिउड समेतका कलाकार आउने गरी कला–साहित्य विधाका लागि बनेपा ‘वर्ल्ड सेन्टर’ हुनेछ ।’ मन्त्री स्थापितले सेन्टरका लागि आवश्यक रकम व्यवस्था गरिदिने बताउनुभयो ।

उहाँले संसारकै अध्ययन केन्द्र बनाउन बनेपा उपयुक्त रहेकाले आफ्नो कार्यकालमा विश्वकै लेखक र कलाकार ल्याउने भौतिक पूर्वाधार बनाउने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘बनेपा निकै सम्भावनाको क्षेत्र हो, विश्वभरका क्रिकेटर आउने खालको क्रिकेट खेलमैदान यही ठाउँमा बनाइन्छ ।’

मन्त्री स्थापितले आफ्ना प्रस्तावित योजनामा स्थानीय जनप्रतिनिधिको प्रतिवद्धताको आवश्यकता औँल्याउँदै भन्नुभयो, ‘विदेशी पर्यटक अब काठमाडौं होइन, बनेपा भनेर आउने बनाउनुपर्छ ।’ उहाँले बनेपामा बनाइने वर्ल्ड सेन्टरमा स्वास्थ्य बाटिकासमेत रहने बताउनुभयो । रासस

प्रकाशित मिति : २०७५, ८ आश्विन सोमबार  ७ : १३ बजे

हतियारधारीलाई खुला छुट दिने सरकार चुनावको नाममा जनतालाई झुक्याउँदैछ : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले देशभर

छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई

छठ पर्वले सबैलाई परिवार, समुदाय र समग्र मानव कल्याणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक

छठ पर्वको सन्देश दिँदै प्रधानमन्त्री कार्कीले भनिन् -सबै नेपालीबीच एकताको खाँचो अझ बढी छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठसहितका चाडपर्वहरूले नेपाली समाजमा सामाजिक

४ लाख २२ हजार संस्थापक शेयर बिक्रीमा, प्रभु बैंकमा लगानीको नयाँ अवसर

काठमाडौं । देशका अग्रणी वाणिज्य बैंकमध्ये एक प्रभु बैंक लिमिटेडले