२०८३, १२ आश्विन मंगलबार

सास गन्हाउँछ, कसरी पाउने छुटकारा ?

सास गन्हाउँछ, कसरी पाउने छुटकारा ?


प्रश्न : मेरो सास गन्हाउँछ। के के कारणले यस्तो समस्या हुन्छ? यो समस्याबाट कसरी छुटकारा पाउने ? – केडी

उत्तर: सास गन्हाउने अहिले आम मानिसको साझा समस्या भएको छ। युवादेखि वृद्धहरुसम्म यो समस्याबाट ग्रसित देखिन्छन्। सास गन्हाउने अनेक कारण छन्। ती कारण पहिल्याएर बानी व्यवहारमा परिवर्तन गर्न सकियो भने यो समस्याबाट छुट्कारा पाउन सकिन्छ। तीमध्ये सास गन्हाउने केही कारण र त्यसबाट छुट्कारा पाउने उपाय यहाँ उल्लेख गरिएको छ ।

खाना– यो सबैलाई अवगत नै छ कि प्याज, लसुन, चिज, अम्लयुक्त खानेकुरा, कफि आदिको सेवनले पनि अस्थायी रुपमा मुख गन्हाउने गर्छ । यस बाहेक विभिन्न खानेकुराहरु दाँतमा अड्किने हुँदा मुखमै रहन्छन् । जसले सुक्ष्म जिवाणु अनुकुल वातावरण सिर्जना हुन्छ र मुखलाई हानी पुर्याउनुका साथै गन्हाउने समस्या निम्त्याउँछ ।

सूर्तिजन्य पदार्थको सेवन– चुरोट, खैनी बिंडी, पान, गुट्खा लगायतका सूर्तिजन्य पदार्थको सेवन गर्नाले पनि सास गन्हाउने सामस्या आउन जान्छ । यसका साथसाथै यी पदार्थले विभिन्न रोग निम्त्याउने गर्छन् । गिजाका रोगहरु, मुखको क्यान्सर आदिका कारण पनि मुखबाट नराम्रो गन्ध आउने गर्छ ।

मुख स्वास्थ्यमा ध्यान नदिनाले– जो मनिस नियमित रुपमा दाँत माझ्दैन, विशेष गरी दुई दाँत बिचको फोहोर सफा गर्न बनाइएको रेशमको काँचो धागोको प्रयोग गर्दैन, मुख कुल्ला गर्दैन र जसको मुखमा दन्तलेउ र दन्तपत्थर जम्मा हुन थाल्छ । यस्तो अवस्थामा सास गन्हाउने समस्या बढी हुन्छ ।

अन्य रोगहरु– पिनाशको रोग, निमोनिया, गलाको संक्रमण, डायबिटिज, पेटका रोगहरु, कलेजोका रोगहरु, मृगौलाका रोगहरु आदि भएको अवस्थामा पनि मुख गन्हाउने समस्या देखिने गरेको पाइन्छ ।

मुख सुक्खा हुने अवस्था– मुखमा र्यालको ग्रन्थिबाट र्यालको मात्रामा कमी भएपछी मुख सुक्खा गर्छ । यस्तो अवस्थामा छिन–छिनमा पानी तिर्खा लाग्ने, घाँटी सुक्खा भएको महसुश हुने, नाक सुक्खा हुने गर्छ । साथसाथै सुक्खा मुख भएका मानिसलाई श्वास गन्हाउने समस्याले पनि सताउने गर्छ ।

गर्भावस्थामा– गर्भवती हुनाले नै मुख गन्हाउने भने होइन तर यस कारण वाकवाकी लाग्ने, उल्टी हुने, शरिरमा पानीको मात्रा कम हुने, शरिरभित्रको रसायनिक तत्व वा हार्मोनको कारणले गर्दा श्वास गन्हाउने गर्छ ।

यी समस्याबाट छुट्कारा पाउन के गर्ने त ?

दिनमा दुईचोटी दाँत माझ्नुका साथसाथै जिब्रोलाई पनि सफा राख्नु अत्यावश्यक छ । दाँत मझ्ने ब्रस वा जिब्रो सफा गर्नेको नियमित प्रयोग गर्न सकिन्छ । रेशादार खानेकुराको सेवन गर्ने, खानेकुरालाई दाँतमा फस्न नदिने, शरिरलाई तन्दुरुस्त बनाउने खालका खानेकुरा खाने जस्ता बानीको विकास गर्नुपर्छ ।

दिनमा पटक–पटक पानी पिउने, जाइलिटोल भएको चिनी रहित गुद चपाउने, मुख कुल्ला गर्ने औषधी प्रयोग गर्ने, अ्म्लयुक्त खानेकुराको सेवन कम गर्ने गरेमा पनि निकै फाइदा हुने गर्छ । कफि लगायत अन्य क्याफीन भएका पेय पदार्थको सेवनमा पनि कमी ल्याउनुपर्छ ।

तसर्थ, मुख, श्वास गन्हाउने अवस्था आफैंमा कुनै रोग नभएर यसले शरिरको अर्को कुनै अवस्थाको बारेमा जानकारी दिन्छ । तसर्थ, यो समस्या देखा परेमा लापरवाही नगरिकन नजिकैको दन्तचिकित्सकलाई देखाउनुहोला । यसबाट आउन सक्ने थप समस्याहरु बाट पनि बच्नुहोला । सुन्नमा सानो सामान्य लागेपनि यसले भबिष्यमा जटिल समस्याहरु निम्त्याउन सक्छ । त्यसैले मुख स्वास्थ्यलाई आफ्नो शरिरको अन्य भागजस्तै ख्याल गर्नु आवश्यक छ ।

-डा. रोसिना भट्टराई

प्रकाशित मिति : २०७५, ८ आश्विन सोमबार  ९ : ४६ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय