२०८३, १६ आश्विन शनिबार

निर्मला हत्यापछि प्रदेश ७ मै २८ बलात्कृत !

निर्मला हत्यापछि प्रदेश ७ मै २८ बलात्कृत !


काठमाडौं, असोज ८: कञ्चनपुरकी निर्मला पन्तको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएका छन्। यस प्रदेशमा साउनमा १० र भदौमा १७ वटा बलात्कारका घटना भएको प्रदेश ७ प्रहरी कार्यालयको तथ्यांक छ। असोज ४ मा भएको बलात्कारको घटना भने यो तथ्यांकमा समावेश छैन।

योसमेत यस प्रदेशमा साउनयता बलात्कारका २८ वटा घटना भएका हुन् । प्रदेश ७ मा पर्ने कञ्चनपुर उल्टाखामकी निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको शव ११ गते भेटिएको थियो।

प्रदेश ७ का प्रहरी प्रमुुख प्रहरी नायब महानिरीक्षक सुरज केसीका अनुसार अधिंकाश बलात्कार घटनाका आरोपित प्रहरी नियन्त्रणमा आएका छन्। निर्मलाका हत्यारा पहिचान र पक्राउ गर्न भने प्रहरी असफल भएको छ। निर्मला बलात्कार र हत्या विषयमा ‘अनुसन्धान भइरहेको छ’ भने रेडिमेड जबाफबाहेक प्रहरीसँग अर्को उत्तर छैन।,यो खबर आजकोनागरिक दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, ८ आश्विन सोमबार  ७ : ३६ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र