काठमाडौं, ८ असोज : एक्लोपना कसैका लागि पनि राम्रो मानिँदैन । अझ मुटु रोगीका लागि त घातक नै हुन्छ । एक्लोपनाले उनीहरूमा मृत्युको खतरा दोब्बर पार्ने हालै गरिएको एउटा अध्ययनले देखाएको छ ।
अध्ययन अनुसार, मुटु रोगसँग जुधिरहेका महिला–पुरुष दुवैमा एक्लोपनाको अनुभूति धेरै घातक हुन्छ । सअघिको अनुसन्धानमा एक्लोपना र सामाजिक रूपमा अलग हुनु मुटु रोग र ह्दयाघातसँग सम्बन्धित देखिएको थियो ।
तर विभिन्न मुटु रोगसँग जुधिरहेका बिरामीमा यसको जाँच गरिएको थिएन । यो अध्ययन डेनमार्कका पाँच अस्पतालका बिरामीमा अप्रिल २०१३ देखि अप्रिल २०१४ का बीचमा गरिएको थियो ।
प्रतिक्रिया