२०८२, २२ पुस मंगलबार

स्याङ्जामा भयो रहस्यमय घटना,प्रहरी जवानको हत्या कि आत्महत्या ?

स्याङ्जामा भयो रहस्यमय घटना,प्रहरी जवानको हत्या कि आत्महत्या ?


काठमाडौं असोज ७। कारागार स्याङ्जामा कार्यरत नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–६ घर भएका प्रहरी जवान जितेन्द्र थापा मगरले आफ्नै राईफलले आफैलाई गोली हानेका छन् ।

कारागार प्रमुख बुद्धिप्रसाद शर्माले प्रहरी जवानले डिउटीमै आफैले आफैलाई गोली हानेको पुष्टि गरे। उनले मृतक जवानका विषयमा थप बुझ्ने कार्य भइरहेको जानकारी गराए ।

प्रहरीका अुनसार कारागारको मूल गेटमा डिउटीमा खटिएका उनले आफूसँग रहेको मार्का ४ राईफलबाट १ राउण्ड गोली आफ्नै च्यापुमा हानेका हुन्।

गम्भीर घाइते अवस्थामा जिल्ला अस्पताल लगिएकोमा बिहान करिब ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।उनी शनिबार राति २ बजेदेखि बिहान ६ बजेसम्मका लागि कारागारको मूल गेट सुरक्षामा खटिएका थिए।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ७ : १२ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय