२०८२, ३० कार्तिक आईतबार

अब खाली आकाशमुनि बस्नु पर्दैन :मन्त्री राई

अब खाली आकाशमुनि बस्नु पर्दैन :मन्त्री राई


टीकापुर, ७ असोज : शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले अब कोही पनि नेपाली खाली आकाशमुनि बस्नुपर्ने अवस्था नरहने बताउनुभएको छ । टीकापुर सभाहलको आज टीकापुरमा उद्घाटन गर्दै मन्त्री राईले सङ्घीय सरकारले आवाससम्बन्धी विधेयक पास गरी सकेकाले चाँडै स्थानीय तहमार्फत लागत सङ्कलन गरी आवासविहीनलाई वासको व्यवस्था गर्ने जानकारी दिनुभयो ।

उहाँले स्थानीय सरकार आइसकेकाले शहरी विकास ऐन नआउँदासम्म नगर विकास समितिको जिम्मा स्थानीय तहलाई दिइने बताउनुभयो । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सभाहलले टीकापुरमा सभा समारोह सञ्चालन गर्न सहज हुने बताउनुभयो ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय कैलालीको रु पाँच करोड १४ लाखको लागतमा निर्माण भएको सभाहलको क्षमता ४५० जना अट्ने रहेको टीकापुर नगर विकास समितिका सदस्य सचिव सुरेशकुमार वाग्लेले जानकारी दिनुभयो । टीकापुरमा बनेको यो पहिलो सभा हल हो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ६ : ५० बजे

ट्रम्पले बीबीसीविरूद्ध कानुनी कारवाही गर्ने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरूद्ध एक अर्बदेखि पाँच

आन्दोलनकारीबाट मुख्यमन्त्री यादवलाई सुरक्षा चुनौती, सीमित कार्यक्रमहरूमा मात्र सहभागिता

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध मधेशमा विरोध प्रदर्शन

काठमाडौँ । नेकपा एमालेको असंवैधानिक गतिविधि भन्दै जनकपुरधाममा वृहत् जनप्रदर्शन

प्रहरीको गोली प्रहारबाट वडाध्यक्षको मृत्यु

दाङ । धनुषाको मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष विन्देश्वर