२०८३, १७ श्रावण सोमबार

आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति, तीन स्रष्टा सम्मान

आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति, तीन स्रष्टा सम्मान


काठमाडौँ, ७ असोज नेपाल स्रष्टा समाजको ११ औँ साधारणसभाले विधान आचार्यको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।उक्त कार्यसमितिको उपाध्यक्षमा प्रा डा गोविन्दमानसिंह कार्की, महासचिवमा पुष्पा खनाल, कोषाध्यक्षमा नवराज तिमिल्सिना अवदोषी, र सचिवमा जानु धिताल तथा सदस्यमा डा पुष्करराज भट्ट, डा विष्णु राई, तर्कना शर्मा, लेखजङ्ग खत्री, नवराज पुडासैनी ज्योत्स्ना र रश्मि रिमाल निर्वाचित हुनुभएको समाजले आज जनाएको छ ।

नेपाल स्रष्टा समाजले आफ्नो ११ औँ साधारण सभाको अवसर परेर राजधानीमा तीन स्रष्टाको सम्मान गरेको छ। सुभद्रा–विश्वराज स्रष्टा सम्मानबाट स्व.नारायणदत्तशास्त्री मरणोपरान्त, दमन्ता सय खनाल स्मृतिनारी स्रष्टा सम्मानबाट साहित्यकार तथा सञ्चारकर्मी सिर्जना शर्मा र प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टा सम्मानबाट युवा साहित्यकार रमेश शुभेच्छु सम्मानित भएका हुन्।

नवनिर्वाचित अध्यक्ष आचार्यले लोकतान्त्रिक मुलुकको उन्नयनमा सामाजिक तथा आर्थिक सशक्तिकरणको खाँचो रहेको विचार व्यक्त गर्दै विभिन्न लेख, रचना तथा साहित्यका माध्यमबाट समाजलाई दिशानिर्देश गर्न संस्थामार्फत पहल गरिने बताउनुभयो ।

देशका विभिन्न साहित्य, कला र संस्कृति संरक्षण तथा तीनलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विसं २०६४ मा स्थापना भएको उक्त संस्थाले हालसम्म २७ कृति प्रकाशनमा ल्याइसकेको छ । उक्त समाजले प्रत्येक वर्ष विभिन्न पाँच विधामा स्रष्टालाई पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ५ : २८ बजे

नेवाः देय दबू कमलामाईको अध्यक्षमा मिनबहादुर

सिन्धुली । नेवाः देय दबू कमलामाई नगर समिति, सिन्धुलीको दोस्रो

सुनकोशीमा खसेको कारमा चार जना सवार, उद्धारमा नदीको भेल बाधक

काठमाडौं । रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना नजिक लिखु खोलाको

प्रतिनिधिसभाका पाँच समितिको बैठक आज, राष्ट्र बैंक ऐनदेखि विशेष सेवा ऐनसम्म छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक

तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति एमाले महासचिव शंकर पोखरेलको प्रश्न

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तराईका विभिन्न

भक्तपुर जिल्ला केम्पो खुकुरी संघको नयाँ नेतृत्व चयन, दमुना बुढाथोकी अध्यक्षमा निर्वाचित

भक्तपुर । भक्तपुर जिल्ला केम्पो खुकुरी संघको अधिवेशन सम्पन्न भएको