२०८२, २७ चैत्र शनिबार

वास्तुशास्त्र भन्छ : यस्तो समयमा गरेको कामले शुभ फल दिन्छ

वास्तुशास्त्र भन्छ : यस्तो समयमा गरेको कामले शुभ फल दिन्छ


यदि शास्त्रलाई मान्ने हो भने हाम्रो जीवनमा वास्तुशास्त्रले एकदमै महत्वपूर्ण भूमिका निभाउँछ । केही यस्ता उपाय जसले तपाई आफ्नो जीवनलाई सहज र शुभ बनाउन सक्नुहुन्छ । सुर्यले वास्तुशास्त्रलाई प्रभावित गर्छ, त्यसैले सुर्यअनुसार नै हामी भवन तथा घर निर्माण गर्न जरुरी हुन्छ । तपाईको दिनचर्या पनि सूर्यअनुसार निर्धारित रहन्छ र सुर्यको प्रभावसँगै घुम्ने समयले शुभ फल दिन्छ ।

सुर्योदयअघि रातिको २ बजेदेखि बिहान ६ बजेसम्म ब्रम्ह मुहुर्त हुन्छ । यो समय चिन्तन–मनन वा अध्ययनका लागि राम्रो मानिन्छ । बिहान ६ बजेदेखि ९ बजेसम्म सूर्य घरको पूर्वी भागमा आइपुग्छ, त्यसैले घर यस्तो बनाउँनुहोस् कि पर्याप्त सूर्यको किरण परोस् ।त्यस्तै, ९ बजेदेखि मध्यान्ह १२ बजेसम्म सूर्य घरको दक्षिण–पूर्वमा हुन्छ । यो समय खाना बनाउनका लागि उत्तम मानिन्छ । १२देखि ३ बजेसम्मलाई आरामको समय मानिन्छ । सुर्य दक्षिण–पश्चिम भागमा पुग्ने हुँदा शयन कक्ष यही दिशामा बनाउनु राम्रो हुन्छ ।

यस्तै, दिउसो ३ बजेदेखि ६ बजेसम्म अध्ययन र कामको समय हुन्छ । साझ ६ बजेदेखि रातको ९ बजेसम्म खाने समय, बस्ने र पढ्ने समय हो । त्यसैले घरको पश्चिमी कुनामा भोजन वा बैठक कक्षका लागि उत्तम मानिन्छ । राति ६ बजेदेखि मध्य रातिसम्म सुर्य घरको उत्तर पश्चिममा हुन्छ । यो दिशा शयन कक्षका लागि पनि उपयोगी मानिन्छ । मध्यरातिदेखि ३ बजेसम्म सुर्य घरको उत्तर–पश्चिमी दिशामा पुग्छ । यो समय अत्यन्त गोपनीय हुन्छ । यो दिशा वा समय मुल्यवान वस्तु तथा सम्पति आदि राख्नका लागि पनि उत्तम मानिन्छ ।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ९ : ३६ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण