२०८२, १५ माघ बिहीबार

मेलम्ची आयोजनाको सिमेन्ट बेच्नेलाई कडा कारबाही गर्न मन्त्री मगरको निर्देशन

मेलम्ची आयोजनाको सिमेन्ट बेच्नेलाई कडा कारबाही गर्न मन्त्री मगरको निर्देशन


काठमाडौँ, ६ असोज: खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजना निर्माणका लागि ल्याइएको सिमेन्ट बिक्री गरिएको घटनामा संलग्नलाई कारवाही गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री मगरले आज एक विज्ञप्ति जारी गरी अब उप्रान्त यस्तो घटना दोहोरिन नदिन तथा आयोजना निर्माणको कार्य समयम नै सम्पन्न गर्न पनि सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभएको छ ।

मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याइएको ३४० बोरा सिमेन्ट आयोजनाको कर्मचारीको मिलेमतोमा निजी पसलमा बिक्री गरिएको पाइएको थियो ।

मन्त्री मगरले राष्ट्रिय गौरवका आयोजना निर्माणको सम्बन्धमा देखिएको यसप्रकारको गम्भीर लापर्बाहीप्रति मेलम्ची खानेपानी विकास समिति र सम्बन्धित ठेकेदार कम्पनी सिएमसीलाई थप जिम्मेवार भई काम गर्न सचेत गराउनुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ६ आश्विन शनिबार  ८ : ५९ बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला