२०८१, १३ चैत्र बिहीबार

काभ्रेको कोशीपारीमा मध्यपहाडी लोकमार्गको दादागिरी

काभ्रेको कोशीपारीमा मध्यपहाडी लोकमार्गको दादागिरी


काभ्रेको कोशीपारी क्षेत्रका नागरिक मध्यपहाडी लोकमार्ग निर्माण प्रति असन्तुष्ट बनेका छन् । राजमार्गले राहत भन्दा आहाद दिइरहेको उनीहरुले बताएका छन् ।

केहि वर्षअघि सम्म सदरमुकामसँग सिधा सडक सञ्जालमा नजोडिएको कोशीपारी क्षेत्रमा मध्यपहाडी बाहेकै मूख्य दुईवटा सडक रहेका छन् । जुन सडक भएर अहिले पनि रामेछापको विभिन्न भागमा गाडि गुडिरहेका छन् ।

तर मादनकुडारी हुदैँ खनिएको मध्यपहाडी सडकले खासै आफुलाई आवात जावातमा सहज नबनाउने र खेती योग्य जमिन तिब्र रुपमा कटान गरेको भन्दै स्थानीयहरु रुष्ट बनेका हुन् ।

राजमार्गले अतिक्रमण भएका जग्गाको कुनै मूआब्जा दिएको छैन् । घरको मात्रै मुआब्जा दिने ब्यवस्था रहेको मध्यपहाडी लोकमार्ग निर्माण पक्षले जनाएको छ । ‘जग्गाको कुनै मुआब्जा दिइएको छैन्, भूम्लु गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष रमेशराज खरेलले भने ‘घर पर्नेको पनि मुआब्जा पाउन निकै गाह्रो छ ।’

प्रमूख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले मूल्यांकन गरेपछि मात्रै घरको मुआब्जा दिइने ब्यवस्था भएकाले गर्दा प्रभावितहरुले मूआब्जा पाउन मुस्किल परेको बताएका छन् । मध्यपहारीले कोशीपारीको सापिङ हुदैँ फलाटे, भूम्लुटार, कोलाँती, गोठपानी, बिर्तादेउराली हुदैँ मादनकुडारी भएर रामेछाप जोदिएको छ ।

दुई लेनको लोकमार्ग खनिदा खेतीयोग्य जमिन नासभएपछि स्थानीय बढी आक्रोशित भएका छन् । त्यस्तै विजुलीको लाइन र खानेपानी पाइप समेत जथाभावी सडक निर्माण हुदाँ अबरुद्ध भएको छ । ‘सडकको चौडा निकै ठूलो छ, पहाडको जग्गा धेरै ठूल ठूला पाटा भएको हुदैँन्, वडाध्यक्ष खरेलले भने ‘कतिपयको त भए जति सबै जग्गा सडकमै परेको छ ।’

लोकमार्गले दुई देखि तीन घण्टासम्म साविकको सडकमा यातायात अवरुद्ध हुने गरेको छ । दोलालघाट र बिर्तादेउरालीको पार्टी गैरा, गोठपानीको खहरे खोला दैनिक घण्टौँ जाममा बस्नु परेको छ ।

रामेछाप र कोशीपारीको विभिन्न भेगबाट बिरामी लिएर आएका एम्बुलेन्स समेत उक्त जाममा पर्ने गरेको नाग्रेगगर्चेबाट बिरामी लिएर आएका टिका थापा मगरले बताए । ‘म बिरामी बुबालाई एम्बुलेन्समा लिएर अस्पताल जान लागेको ‘तर एक घण्टाभन्दा बढी समय देखि रोकिएर बसेको छु ।’

प्रकाशित मिति : २०७५, ६ आश्विन शनिबार  ५ : ५६ बजे

शान्ति प्रक्रिया हामीले सुरु गरेका हौं, टुंगोमा पुर्याउँछौं : प्रधानमन्त्रीओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्ति प्रक्रिया आफैँले

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

एनआरएन एकतालाई प्राथमिकता दिन मन्त्री पाण्डेको सुझाव

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि