२०८२, ३१ असार मंगलबार

मायाप्रसादले नेकपा कर्णालीको सचिव अस्वीकारको कारण यस्तो छ

मायाप्रसादले नेकपा कर्णालीको सचिव अस्वीकारको कारण यस्तो छ


काठमाडौँ, ५ असोज : नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता मायाप्रसाद शर्माले कर्णाली प्रदेशको सचिव पद पोटफुलियो नमिलेका कारण अस्वीकार गरेका छन् ।

‘नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालयले नियुक्त गरेको भनिएको कर्णाली प्रदेशको सचिव पदमा नरहने कुराको जानकारी गराउँछु ।’ उनले फेसबुकमा लेखेका छन् । फेसबुकमार्फत सचिवमा नरहने कुरा जानकारी गराए लगत्तै नेता शर्माले मोवाइलसमेत स्वीच अफ गरेका छन् ।

उनका निकटस्थका अनुसार पोटफुलियो नमिलेका कारण उनले सचिव पद अस्वीकार गरेका हुन् । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले जे भन्यो त्यही हुने भन्दै शर्माले आपत्ति जनाएको एक नेताले बताए ।

नेकपाको शुक्रबार विहान बसेको सचिवालय बैठकले शर्मालाई कर्णाली प्रदेशको सचिवको जिम्मेवारी दिएको थियो । तर, सचिवको जिम्मेवारी पाए लगत्तै उनले फेसबुकमार्फत सचिव पदमा नरहने जानकारी गराएका हुन् । नेता शर्मा रामबहादुर थापा बादलसँगै पूर्वमाओवादी केन्द्रमा एकतामा आएका नेता हुन् ।

प्रकाशित मिति : २०७५, ५ आश्विन शुक्रबार  १० : २९ बजे

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे