२०८२, २२ पुस मंगलबार

स्कुल लाइसेन्स लिन १ लाख घूस

स्कुल लाइसेन्स लिन १ लाख घूस


वीरगञ्ज, असोज ५ :  विद्यालयलाई प्रदान गरिने लाइसेन्स् (इजाजतपत्र) का लागि १ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखा प्रमुखसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

अख्तियारको हेटौंडास्थित कार्यालयबाट आएको टोलीले बिहीबार अपराह्न महानगरपालिका ६, लाठगल्लीमा बिस्मिलाह होटलमा घुस लिने क्रममा अरुण साह कानुलाई पक्राउ गरेको समाचार आजको कान्तिपुरमा छापिएको छ ।

उनी महानगरपालिकाको शिक्षा शाखामा कार्यरत नायब सुब्बा शशिभूषण साह कानुका भान्जा हुन् । बिद्यालय सञ्चालक एकबाल हैदरसँग १ लाख रुपैयाँ लिँदालिँदै पक्राउ परेका कानुको बयानका आधारमा अख्तियारले महानगरपालिका शिक्षा शाखा प्रमुख मञ्जुर आलम र शशिभूषणलाई पनि पक्राउ गरेको हो । सञ्चालकका अनुसार गत आवमा वडाध्यक्षले शिशु कक्षा सञ्चालनको अनुमति दिएका थिए ।

प्रकाशित मिति : २०७५, ५ आश्विन शुक्रबार  ६ : ३१ बजे

युवाका लागि प्रेरणा : संघर्ष, समर्पण र विश्वासको नाम अमित लामा

आजको समय युवाको हो । तर केवल उमेरले युवा हुनु

एमाले सचिवालय बैठकमा राष्ट्रिय सभाको सीट बाँडफाँड र उम्मेदवारबारे छलफल

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा

सहमतीका लागि नेपाली कांग्रेसको बैठक दुई घण्टा धकेलियो

काठमाडौँ । आन्तरिक सहमति जुटाउने प्रयोजनका लागि नेपाली कांग्रेसको केन्द्रीय

वीरगञ्जमा कर्फ्यु दिउँसो १ बजेसम्म थपियो

वीरगञ्ज । धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव

प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी भर्ना

काठमाडौं । सरकारले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर