२०८२, ३ जेष्ठ शुक्रबार

मुलुक समृद्धिको यात्रामा अगाडि बढेको छः मन्त्री बाँस्कोटा

मुलुक समृद्धिको यात्रामा अगाडि बढेको छः मन्त्री बाँस्कोटा


काठमाडौँ, ४ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुक समृद्धिको यात्रामा गइसकेकाले यसलाई कसैले चाहेर पनि रोक्न नसक्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज रेडियो नेपालमा आयोजित जागरण गीत सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “समृद्धि एकै पटक आउने कुरा होइन, मुलुकको विकास गरी सरकार समृद्धिको यात्रामा अगाडि बढेको छ ।”

मन्त्री बाँस्कोटाले राजनीतिक लडाईं सकिएकाले अब गरीबी, भ्रष्टाचार र ढिलासुस्तीविरुद्धको अभियानमा सरकार लागेको बताउनुभयो । उहाँले नेपालको कला संस्कृति विश्वकै उत्कृष्ट भएकाले यसलाई जोगाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीले मुलुकको राजनीतिक परिवर्तनमा कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्नुभयो ।

जनवादी गायक जेवी टुहुरेले मुलुक परिवर्तन गर्न पहिले जनवादी गीत गाउँदा पक्राउ परे पनि अहिले सुरक्षाकर्मीसँग मिलेर परिवर्तनका गीत गाउँदा खुशी लागेको बताउनुभयो । कार्यक्रममा मधु गुरुङ लगायतका समूहले ‘गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ’, नेपाल प्रहरीको समूहले ‘हिमालको हाँसो, तराईको आँगन, पहाडको सिरानी, नेपाल मेरा चार किल्लाभित्र कोही छैन विरानी’, जेवी टुहुरेले ‘फेरि हामी एकचोटी उठ्नुपर्ने भयो, देशभक्त सबै जुट्नुपर्ने भयो’ तथा किरण प्रधानले ‘जो देशलाई ठूला ठान्दैन, परि आउँदा मन मान्दैन, ऊ नेपाली हुन सक्दैन’ लगायत जागरण गीत गाउनुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ आश्विन बिहीबार  ७ : २४ बजे

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको

नेपालमा रेडक्रस कानुनको अभाव छ, यसमा काम भइरहेको छ

देश संघीयतामा गएपछि विभिन्न चरणहरुमा रेडक्रस सोसाइटीको विधान निर्माणका लागि