२०८२, ९ भाद्र मंगलबार

करदातामैत्री कर प्रशासन बनाउनेः अर्थमन्त्री डा खतिवडा

करदातामैत्री कर प्रशासन बनाउनेः अर्थमन्त्री डा खतिवडा


दमौली, ४ असोज :अर्थमन्त्री डा युवराज खतिवडाले करदातामैत्री कर प्रशासन बनाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । आन्तरिक राजस्व कार्यालय दमौलीको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “संस्थागत व्यवस्था, प्रविधिको प्रयोग र कर्मचारीको व्यवहारलाई सुधार गरेर करदातामैत्री प्रशासन बनाउने सरकारको लक्ष्य छ ।”

अर्थमन्त्री डा खतिवडाले यसका लागि कर्मचारीले सदाचार पद्धतिलाई व्यवहारमा उतार्नु पर्दछ भन्दै हामी सदाचारिताको कुरा मात्रै गर्ने होइन, पालना गरेर देखाउने प्रतिबद्धताका साथ सरकारमा छौँ बताउनुभयो । आफू स्वच्छ कर प्रशासक बन्न चाहेको उल्लेख गर्दै उहाँले कर प्रशासनमा कहीँकतै कमजोरी देखिए त्यसलाई सुधार गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अर्थमन्त्री डा खतिवडाले मुलुकको समृद्धिका लागि करदाताले इमान्दारीपूर्वक कर तिर्नुपर्छ भन्दै सङ्घीयता खर्चिलो प्रणाली भएकाले त्यसलाई व्यवस्थित गर्न पनि कर उठाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । राजस्व बढाउन करको दायरा फराकिलो पार्ने रणनीति सरकारको छ, उहाँले भन्नुभयो, “सधैँ कर तिर्नेलाई मात्रै कर तिर्न बाध्य पारिरहने होइन, नयाँ करका क्षेत्र पहिचान गर्ने नीति सरकारको छ ।”
-रासस

प्रकाशित मिति : २०७५, ४ आश्विन बिहीबार  ६ : ३४ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको