२०८२, ८ फाल्गुन शुक्रबार

बीमामा ल्याउन सके राहत र उद्धारमा सहज : गृहमन्त्री थापा

बीमामा ल्याउन सके राहत र उद्धारमा सहज : गृहमन्त्री थापा


काठमाडौँ, ३ असोज : गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई बीमा प्रक्रियाभित्र ल्याउन सकेमात्र विपद्मा परेकालाई राहत उपलब्ध गराउन र उद्दार गर्न सहज हुने बताउनुभएको छ । आज गृह मन्त्रालयमा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा उहाँले विपद् व्यवस्थापनका लागि आवश्यक स्रोत साधन, बजेट, तालीमको कमी भएको भन्दै समितिले त्यस्ता सामग्रीलाई बढाउन पहल गर्नुपर्ने बताउनुभयो । “विपद्बाट हुने क्षति न्यूनीकरणको कार्यक्रम ल्याउनु जरुरी छ,” उहाँले भन्नुभयो ।

मन्त्री थापाले बाढीपहिरोका कारण घरबारविहीन भएका घरपरिवारलाई सम्बन्धित मन्त्रालय तथा स्थानीय तहले सहयोग गर्ने र ती निकायलाई आवश्यक रकमका लागि अर्थ मन्त्रालयबाट माग गर्ने बताउनुभयो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकभर भएका बाढीपहिरो पीडितलाई आवश्यक राहतको कार्यक्रम समितिले ल्याउनुपर्ने बताउनुभयो ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र रक्षा मन्त्रालयका सचिव विष्णु लम्सालले विपद् उद्धारमा चाहिने आवश्यक साधन खरीदका लागि अर्थ मन्त्रालयको सहयोग आवश्यक रहेको बताउनुभयो । बैठकमा विपद्का घटना, विपद्बाट प्रभावित राहत तथा पुनः स्थापना, कोषको अवस्था र खर्चको विपरण, खर्च समर्थन गर्ने र भुक्तानी दिने सम्बन्धमा छलफल भएको थियो ।

बैठकमा विभिन्न मन्त्रालयका मन्त्री तथा सचिव, तीन सुरक्षा निकायका प्रमुख एवं नेपाली सेनाका प्रतिनिधिको सहभागीता रहेको थियो । मुलुकमा पाँच महीनाको अवधिमा विपद्बाट २४६ जनाको मृत्यु भएको छ । जसमध्ये १३९ पुरुष र १०७ महिला रहेका छन् । यस्तै दुई हजार ४३० जना घाइते भएका छन् भने पाँच व्यक्ति बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३ आश्विन बुधबार  ९ : १८ बजे

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र

देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाए : एमाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिहीबार राति नेकपा

झण्डा जलाउने रास्वपा कार्यकर्तालाई नेशनल भोलेन्टियर फोर्सको कडा चेतावनी

काठमाडौं। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको