२०८२, २ पुस बुधबार

बीमामा ल्याउन सके राहत र उद्धारमा सहज : गृहमन्त्री थापा

बीमामा ल्याउन सके राहत र उद्धारमा सहज : गृहमन्त्री थापा


काठमाडौँ, ३ असोज : गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई बीमा प्रक्रियाभित्र ल्याउन सकेमात्र विपद्मा परेकालाई राहत उपलब्ध गराउन र उद्दार गर्न सहज हुने बताउनुभएको छ । आज गृह मन्त्रालयमा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा उहाँले विपद् व्यवस्थापनका लागि आवश्यक स्रोत साधन, बजेट, तालीमको कमी भएको भन्दै समितिले त्यस्ता सामग्रीलाई बढाउन पहल गर्नुपर्ने बताउनुभयो । “विपद्बाट हुने क्षति न्यूनीकरणको कार्यक्रम ल्याउनु जरुरी छ,” उहाँले भन्नुभयो ।

मन्त्री थापाले बाढीपहिरोका कारण घरबारविहीन भएका घरपरिवारलाई सम्बन्धित मन्त्रालय तथा स्थानीय तहले सहयोग गर्ने र ती निकायलाई आवश्यक रकमका लागि अर्थ मन्त्रालयबाट माग गर्ने बताउनुभयो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकभर भएका बाढीपहिरो पीडितलाई आवश्यक राहतको कार्यक्रम समितिले ल्याउनुपर्ने बताउनुभयो ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र रक्षा मन्त्रालयका सचिव विष्णु लम्सालले विपद् उद्धारमा चाहिने आवश्यक साधन खरीदका लागि अर्थ मन्त्रालयको सहयोग आवश्यक रहेको बताउनुभयो । बैठकमा विपद्का घटना, विपद्बाट प्रभावित राहत तथा पुनः स्थापना, कोषको अवस्था र खर्चको विपरण, खर्च समर्थन गर्ने र भुक्तानी दिने सम्बन्धमा छलफल भएको थियो ।

बैठकमा विभिन्न मन्त्रालयका मन्त्री तथा सचिव, तीन सुरक्षा निकायका प्रमुख एवं नेपाली सेनाका प्रतिनिधिको सहभागीता रहेको थियो । मुलुकमा पाँच महीनाको अवधिमा विपद्बाट २४६ जनाको मृत्यु भएको छ । जसमध्ये १३९ पुरुष र १०७ महिला रहेका छन् । यस्तै दुई हजार ४३० जना घाइते भएका छन् भने पाँच व्यक्ति बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३ आश्विन बुधबार  ९ : १८ बजे

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,

जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु, वृद्धवृद्धा बढी सङ्क्रमित

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका जापानिज इन्सेफ्लाइटिसका

एमाले महाधिवेशनमा सौहार्दता, प्रतिस्पर्धी नेताहरू सँगै हिँडेर भोट माग्दै

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा

बबरमहल बम विस्फोट काण्डका दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर । बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर भएका श्रम

संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार