२०८२, २० असार शुक्रबार

विकासका मुद्दामा एकताबद्ध हुनुपर्छ : उपप्रधानमन्त्री पोखरेल

विकासका मुद्दामा एकताबद्ध हुनुपर्छ : उपप्रधानमन्त्री पोखरेल


काठमाडौँ, ३ असोज: उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिकरुपमा प्रतिस्पर्धा भए तापनि विकासका मुद्दामा सबै राजनीतिक दल तथा जनता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा बूढानीलकण्ठ नगरपालिकाको ‘जगडोल प्रवेशद्वार’ उद्घाटन तथा नमूना पर्यटकीय ग्रामको घोषणा कार्यक्रममा मन्त्री पोखरेलले ‘यो पार्टीले यसो ग¥यो ऊ पार्टीले त्यसो ग¥यो भनी जनप्रतिनिधिमाथि धावा बोल्नु हुँदैन’ राख्नुभयो ।

मन्त्री पोखरेलले विकास निर्माणको क्रममा विरोधी भावना नराखी सरकार पक्ष तथा प्रतिपक्षी दलका जनप्रतिनिधिलाई एकआपसमा मिलेर गर्न आग्रह गर्नुभयो । विकास कुनै पार्टी विशेष नहुने भन्दै मन्त्री पोखरेलले विकास, जनताको सेवा, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राम्रो कुराको आवरणमा गलत कामहरु हुनुहुँदैन, कहीँकतै चुक्नु हुँदैन ।” विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै वर्तमान सरकार अघि बढिरहेको बताउँदै मन्त्री पोखरेलले संविधानलाई कार्यान्वयन गर्नु नै वर्तमान सरकारको मुख्य कार्यभार भएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ३ आश्विन बुधबार  ९ : ११ बजे

रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन्

रामेछाप । रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक

तस्विरमा धरहरा वरपरकाे क्षेत्र

काठमाडौं । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक