२०८३, २५ आश्विन सोमबार

विकासका मुद्दामा एकताबद्ध हुनुपर्छ : उपप्रधानमन्त्री पोखरेल

विकासका मुद्दामा एकताबद्ध हुनुपर्छ : उपप्रधानमन्त्री पोखरेल


काठमाडौँ, ३ असोज: उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिकरुपमा प्रतिस्पर्धा भए तापनि विकासका मुद्दामा सबै राजनीतिक दल तथा जनता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा बूढानीलकण्ठ नगरपालिकाको ‘जगडोल प्रवेशद्वार’ उद्घाटन तथा नमूना पर्यटकीय ग्रामको घोषणा कार्यक्रममा मन्त्री पोखरेलले ‘यो पार्टीले यसो ग¥यो ऊ पार्टीले त्यसो ग¥यो भनी जनप्रतिनिधिमाथि धावा बोल्नु हुँदैन’ राख्नुभयो ।

मन्त्री पोखरेलले विकास निर्माणको क्रममा विरोधी भावना नराखी सरकार पक्ष तथा प्रतिपक्षी दलका जनप्रतिनिधिलाई एकआपसमा मिलेर गर्न आग्रह गर्नुभयो । विकास कुनै पार्टी विशेष नहुने भन्दै मन्त्री पोखरेलले विकास, जनताको सेवा, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राम्रो कुराको आवरणमा गलत कामहरु हुनुहुँदैन, कहीँकतै चुक्नु हुँदैन ।” विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै वर्तमान सरकार अघि बढिरहेको बताउँदै मन्त्री पोखरेलले संविधानलाई कार्यान्वयन गर्नु नै वर्तमान सरकारको मुख्य कार्यभार भएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ३ आश्विन बुधबार  ९ : ११ बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम