२०८२, १५ माघ बिहीबार

संविधान अग्रगामी र उत्कृष्ट छ : मुख्यमन्त्री भट्ट

संविधान अग्रगामी र उत्कृष्ट छ : मुख्यमन्त्री भट्ट


धनगढी, ३ असोज : प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले ठूलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त नेपालको संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबैले सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि संविधानको प्रभावकारी कार्यान्वयनमा सबैले सकारात्मक सोच राखेर आ आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्नुपर्दछ ।”

मुख्यमन्त्री भट्टले मुलुक नयाँ अभ्यासमा जाँदा केही समस्या र जटिलता देखिनु अस्वभाविक नभएको उल्लेख गर्दै “जनताका सबै अधिकारको प्रत्याभूति गरेको नेपालको संविधान अग्रगामी र उत्कृष्ट छ भन्नुभयो ।” आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले परिवर्तनका लागि भएका आन्दोलनमा शहीद भएकाको सपना पूरा गर्ने सोचलाई आत्मसात् गर्न यो दिवसले सबैमा प्रेरणा दिने बताउनुभयो ।

समारोहमा प्रदेश प्रमुख मोहनराज मल्ललाई नेपाली सेनाको एक टोलीले सलामी अर्पण गरेको थियो । कार्यक्रममा विभिन्न झाँकी र खेल प्रस्तुत गरिएको थियो । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीबाट बाजा र झाँकीसहित निस्केको ¥याली बजारको विभिन्न भागको परिक्रमा गरी कबर्डहलमा पुगेर समारोहमा परिणत भएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ३ आश्विन बुधबार  ७ : ५० बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला