२०८२, ८ फाल्गुन शुक्रबार

संविधान अग्रगामी र उत्कृष्ट छ : मुख्यमन्त्री भट्ट

संविधान अग्रगामी र उत्कृष्ट छ : मुख्यमन्त्री भट्ट


धनगढी, ३ असोज : प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले ठूलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त नेपालको संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबैले सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि संविधानको प्रभावकारी कार्यान्वयनमा सबैले सकारात्मक सोच राखेर आ आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्नुपर्दछ ।”

मुख्यमन्त्री भट्टले मुलुक नयाँ अभ्यासमा जाँदा केही समस्या र जटिलता देखिनु अस्वभाविक नभएको उल्लेख गर्दै “जनताका सबै अधिकारको प्रत्याभूति गरेको नेपालको संविधान अग्रगामी र उत्कृष्ट छ भन्नुभयो ।” आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले परिवर्तनका लागि भएका आन्दोलनमा शहीद भएकाको सपना पूरा गर्ने सोचलाई आत्मसात् गर्न यो दिवसले सबैमा प्रेरणा दिने बताउनुभयो ।

समारोहमा प्रदेश प्रमुख मोहनराज मल्ललाई नेपाली सेनाको एक टोलीले सलामी अर्पण गरेको थियो । कार्यक्रममा विभिन्न झाँकी र खेल प्रस्तुत गरिएको थियो । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीबाट बाजा र झाँकीसहित निस्केको ¥याली बजारको विभिन्न भागको परिक्रमा गरी कबर्डहलमा पुगेर समारोहमा परिणत भएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ३ आश्विन बुधबार  ७ : ५० बजे

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र

देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाए : एमाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिहीबार राति नेकपा

झण्डा जलाउने रास्वपा कार्यकर्तालाई नेशनल भोलेन्टियर फोर्सको कडा चेतावनी

काठमाडौं। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको