२०८२, ९ भाद्र मंगलबार

बुद्धचित्त गेडा सहित एकजना पक्राउ

बुद्धचित्त गेडा सहित एकजना पक्राउ


भक्तपुर, २ असोज: बुद्धचित्तको गेडा २४० वटासहित प्रहरीले आज भक्तपुर घलाते बस्ने २६ वर्षीय रोशन तामाङलाई पक्राउ गरेको छ । तामाङ सवार वा.८५प. ३१५० नंको स्कुटरलाई प्रहरीले सूर्यविनायक नगरपालिका–५ सुवर्ण चोकमा चेकजाँच गर्दा उक्त परिणामको गेडासहित उनलाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

त्यसैगरी कोटेश्वर र काँडाघारी प्रभागका १४१ प्रहरीको एकै साथ सरुवा गरिएको छ । बालुवा तस्करीसँग मिलेमतो गर्दै पैसा असुली गरेको पाइएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले दुवै प्रभागका सबै प्रहरीलाई सरुवा गरिएको हो । गत शनिबार बालुवा व्यापारीबाट रकम लिँदै गर्दा सात प्रहरीलाई अख्तियारले पक्राउ गरेपछि त्यहाँका सबै प्रहरी सरुवा गरिएको परिसरले जानकारी दिएको छ ।

बालुवा व्यापारीसँग पैसा लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले भक्तपुरको मध्यपुर थिमि–२ स्थित सानो थिमि प्रभागका प्रहरी इञ्चार्ज र हबल्दार गरी दुई जनालाई पक्राउ गरेपछि यहाँका १९ जना प्रहरीलाई पनि सरुवा गरिएको छ ।

प्रकाशित मिति : २०७५, २ आश्विन मंगलबार  ७ : २४ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको