२०८३, १६ जेष्ठ आईतबार

बुद्धचित्त गेडा सहित एकजना पक्राउ

बुद्धचित्त गेडा सहित एकजना पक्राउ


भक्तपुर, २ असोज: बुद्धचित्तको गेडा २४० वटासहित प्रहरीले आज भक्तपुर घलाते बस्ने २६ वर्षीय रोशन तामाङलाई पक्राउ गरेको छ । तामाङ सवार वा.८५प. ३१५० नंको स्कुटरलाई प्रहरीले सूर्यविनायक नगरपालिका–५ सुवर्ण चोकमा चेकजाँच गर्दा उक्त परिणामको गेडासहित उनलाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

त्यसैगरी कोटेश्वर र काँडाघारी प्रभागका १४१ प्रहरीको एकै साथ सरुवा गरिएको छ । बालुवा तस्करीसँग मिलेमतो गर्दै पैसा असुली गरेको पाइएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले दुवै प्रभागका सबै प्रहरीलाई सरुवा गरिएको हो । गत शनिबार बालुवा व्यापारीबाट रकम लिँदै गर्दा सात प्रहरीलाई अख्तियारले पक्राउ गरेपछि त्यहाँका सबै प्रहरी सरुवा गरिएको परिसरले जानकारी दिएको छ ।

बालुवा व्यापारीसँग पैसा लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले भक्तपुरको मध्यपुर थिमि–२ स्थित सानो थिमि प्रभागका प्रहरी इञ्चार्ज र हबल्दार गरी दुई जनालाई पक्राउ गरेपछि यहाँका १९ जना प्रहरीलाई पनि सरुवा गरिएको छ ।

प्रकाशित मिति : २०७५, २ आश्विन मंगलबार  ७ : २४ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण