२०८३, १० असार बिहीबार

सुन तस्करी प्रकरणमा मुछिएका एसपी खनाललाई साधारण तारेखमा छाड्न आदेश

सुन तस्करी प्रकरणमा मुछिएका एसपी खनाललाई साधारण तारेखमा छाड्न आदेश


विराटनगर, असोज २ । उच्च अदालत विराटनगरले साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी उपरीक्षक विकासराज खनाललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।मंगलबार न्यायाधीशद्वय नागेन्द्रलाल कर्ण र खिलबहादुर कार्कीको संयुक्त इजलासले खनाललाई छाड्न आदेश दिएको हो ।

घटना अनुसन्धानको छानबिन टोलीले विमानस्थलभित्रका प्रहरीसँग सुनको सेटिङ मिलाउनका लागि प्रहरी उपरीक्षक खनालले दुईपटक गरेर ५० लाख रुपैयाँ लिएको औंल्याएको थियो ।

गत चैतमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन टोलीले वैशाख ११ गते खनाललाई पक्राउ गरेको थियो । उच्च अदालत विराटनगरले सुन तस्करीसम्बन्धी मुद्दामै यसअघि इन्स्पेक्टर प्रजित केसी र एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

प्रकाशित मिति : २०७५, २ आश्विन मंगलबार  ७ : ०७ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा