२०८२, ९ भाद्र मंगलबार

सुन तस्करी प्रकरणमा मुछिएका एसपी खनाललाई साधारण तारेखमा छाड्न आदेश

सुन तस्करी प्रकरणमा मुछिएका एसपी खनाललाई साधारण तारेखमा छाड्न आदेश


विराटनगर, असोज २ । उच्च अदालत विराटनगरले साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी उपरीक्षक विकासराज खनाललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।मंगलबार न्यायाधीशद्वय नागेन्द्रलाल कर्ण र खिलबहादुर कार्कीको संयुक्त इजलासले खनाललाई छाड्न आदेश दिएको हो ।

घटना अनुसन्धानको छानबिन टोलीले विमानस्थलभित्रका प्रहरीसँग सुनको सेटिङ मिलाउनका लागि प्रहरी उपरीक्षक खनालले दुईपटक गरेर ५० लाख रुपैयाँ लिएको औंल्याएको थियो ।

गत चैतमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन टोलीले वैशाख ११ गते खनाललाई पक्राउ गरेको थियो । उच्च अदालत विराटनगरले सुन तस्करीसम्बन्धी मुद्दामै यसअघि इन्स्पेक्टर प्रजित केसी र एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

प्रकाशित मिति : २०७५, २ आश्विन मंगलबार  ७ : ०७ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको