२०८२, ९ भाद्र मंगलबार

फस्टायो नुवाकोटमा अबैध यौनधन्दा, होटेल सञ्चालकसहित पाँच पक्राउ

फस्टायो नुवाकोटमा अबैध यौनधन्दा, होटेल सञ्चालकसहित पाँच पक्राउ


काठमाडौँ १ असोज :  नुवाकोटको जिल्लाको विदुरमा अबैध यौनधन्दा फस्टाउन थालेको छ । अबैध रूपमा चल्दै आएको यौन धन्दालाई नियन्त्रण गर्न जिल्ला प्रहरीले अभियान चलाउन थालेको छ ।

प्रहरीको अभियानकै क्रममा विदुरबाट दुई महिलासहित पाँचजना पक्राउ गरेका छन् । प्रहरीले अभियानको क्रममा तीन महिलाको उद्धार गरेको प्रहरी प्रमुख एसपी बसन्त कुँवरले बताएका छन् ।

पक्राउ परेकाविरुद्ध नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । कुँबरका अनुसार गाउँघरमा आर्थिक समस्यामा परेर घरायसी खर्च जुटाउन रोजगारी खोज्दै आएका ती युवतीहरुलाई यौनधन्दामा लगाएको तथ्य फेलापारिएको छ ।

रोजगारीको खोजीमा रहेका २१, १५ र २६ वर्षका तीन महिलालाई आर्थिक प्रलोभन देखाई काममा लगाइदिने भन्दै पीडितहरुलाई देहव्यापारमा लगाइएको फेला परेपछि होटेल सञ्चालकसहित पाँचजनालाई पक्राउ गरिएको छ ।

महिलालाई यौनकार्यमा लगाएको अभियोगमा बिदुर नगरपालिका–२ की २२ वर्षीया मञ्जु बस्नेत, धादिङको नेत्रावती गाउँपालिका–३ की ४० वर्षीया सुवानी लामा, बिदुर नपा–१२ का २५ वर्षीय मदुसुधन रिमाल, बिदुर नपा–१२ का २२ वर्षीय रमेश अर्याल र विदुर नपा–५ का ४० वर्षीय सुरेन्द्र कुमाललाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ११ : ०३ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको