२०८२, १५ माघ बिहीबार

विज्ञान र प्रविधिका क्षेत्रमा क्रान्ति गर्नुपर्छ: मन्त्री पोखरेल

विज्ञान र प्रविधिका क्षेत्रमा क्रान्ति गर्नुपर्छ: मन्त्री पोखरेल


ललितपुर, १ असोज: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिका क्षेत्रमा क्रान्ति गर्न खाँचो रहेको बताउनुभएको छ । छैटौँ विज्ञान दिवसका अवसरमा मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीतिक क्रान्ति सकिएको छ, अब मुलुकमा विज्ञान प्रविधिको क्रान्ति हुनुपर्छ ।”

मन्त्री पौडेलले विद्यालय तहबाट नै प्राविधिक शिक्षा लागू हुनुपर्नेमा जोड दिदैं कक्षा १२ सम्म जीवनउपयोगी शिक्षा अनिवार्य गर्नुपर्ने खाँचो रहेको आवश्यकता औल्याउनुभयो । “प्राविधिक शिक्षा अनिवार्य गरेर पाठ्यक्रम संरचना स्वीकृत भएको छ”, उहाँले भन्नुभयो, “सरकारले १४० विद्यालयमा प्राविधिक शिक्षा पढाउन अनुमति दिएको र आगामी दिनमा पनि अरू विद्यालयमा यस्ता स्वीकृति दिइने कार्यलाई निरन्तरता दिइनेछ ।” सरकारले २०६१ मा बनेको विज्ञान नीति संशोधनको तयारीसमेत गरेको मन्त्री पौडेलले बताउनुभयो ।

पूर्वमन्त्री गणेश साहले अबको २० वर्षपछि पनि उपयोगी हुने खालका विज्ञान नीति बनाउनुपर्नेमा जोड दिदैं खोज र अनुसन्धानका लागि राज्यले एउटा कोष खडा गर्नुपर्ने बताउनुभयो । मन्त्रालयका सचिव खगराज बरालले विज्ञान विषय लाई सहज बनाइनुपर्नेमा जोड दिदै “यसलाई गाह्रो विषय बनाएकाले नै धेरै विद्यार्थीले पढ्न चाहेका छैनन् भन्नुभयो ।”
-रासस

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ९ : ३९ बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला