२०८३, ३१ भाद्र बिहीबार

निगम अध्यक्ष खरेलद्वारा पदभार

निगम अध्यक्ष खरेलद्वारा पदभार


काठमाडौँ, १ असोज: नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आज साँझ पदभार ग्रहण गर्नुभएको छ । निगमको कार्यालय नयाँ सडक पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । अध्यक्ष खरेललाई निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले स्वागत गर्नुभएको थियो । आइतबारको मन्त्रिपरिषद्को बैठकले खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । पदभारपछि अध्यक्ष खरेलले निगमलाई थप व्यावसायिक बनाउन आफूले सबैसँग मिलेर काम गर्ने बताउनुभयो । उहाँले हरेक विषयमा समेत विवाद गर्ने प्रवृत्तिबाट मुक्त भएर निगमलाई थप भरपर्दो बनाउन प्रयत्नशील रहने विश्वास व्यक्त गर्नुभयो ।

निगमले गत असार र साउनमा ल्याएको दुईवटा ‘वाइडबडी’ जहाजको कुशल सञ्चालन र थप जहाज खरीदको प्रक्रिया अगाडि बढाएको छ । दुर्गम क्षेत्रमा हवाई सेवा पु¥याउने दायित्वसमेत निगमको नै रहेको सन्दर्भमा थप व्यावसायिक कार्ययोजनाका साथ निगमका सम्पूर्ण कर्मचारीसँग मिलेर काम गर्ने आफ्नो योजना रहेको अध्यक्ष खरेलको भनाइ छ । अध्यक्ष खरेललाई निगमका कर्मचारीले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । महाप्रबन्धक कंसाकारले निगमलाई थप प्रभावकारी र व्यावसायिक बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।

सरकारले पर्यटन प्रवद्र्धनलाई प्रमुख प्राथमिकतामा राखेकाले त्यसैलाई केन्द्रविन्दुमा राखेर काम गर्ने जानकारी दिँदै महाप्रबन्धक कंसाकारले सेवा विस्तारका लागि समेत थप लगानी गरिने उल्लेख गर्नुभयो । यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अध्यक्ष खरेल, महाप्रबन्धक कंसाकार तथा निगमका कर्मचारीलाई समन्वयात्मक तवरले काम गर्न निर्देशन दिनुभएको छ । उहाँले सरकारको चाहना र मुलुकको आवश्यकतालाई ख्याल गरेर व्यावसायिक कार्ययोजनाका साथ काम गर्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ९ : २६ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक