२०८२, १५ माघ बिहीबार

देशीविदेशी शक्ति सरकार ढाल्ने खेलमा छन् : केसी

देशीविदेशी शक्ति सरकार ढाल्ने खेलमा छन् : केसी


बुटवल, १ असोज: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशीविदेशी शक्ति सरकार ढाल्ने खेलमा लागेको बताउनुभएको छ । प्रगतिशील पत्रकार सङ्घ रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले कञ्चनपुरको निर्मला हत्याकाण्डलाई मुद्दा बनाएर देशीविदेशी शक्ति सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउनुभयो ।

“पुरानो कर्मचारी संयन्त्रबाट नयाँ कामको अपेक्षा राख्नु नै गलत हो”, अध्यक्ष केसीले भन्नुभयो, “सरकारले सामान्य सुधारात्मक काम मात्रै गरे पनि धेरै हुन्छ ।” उहाँले दुई तिहाइ अवस्थामा रहेको सरकारले अझै पनि सुशासन दिन सक्षम हुनुपर्नेमा जोड दिँदै महँगी नियन्त्रण, भ्रष्टाचारीलाई कारवाही र सुशासन आम नेपाली नागरिकले चाहेको बताउनुभयो ।

अध्यक्ष केसीले एकात्मक प्रणालीभित्र पनि प्रदेश हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै प्रदेशको खर्च स्थानीय तहलाई दिएर बलियो बनाउन सकिने सुुझाव दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ९ : १८ बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला