२०८२, १९ असार बिहीबार

नेकपाका जिल्ला सेक्रेटरी पक्राउ

नेकपाका जिल्ला सेक्रेटरी पक्राउ


रोल्पा, १ असोज : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले प्रक्राउ गरेको छ । रोल्पा नगरपालिका–१० धवाङको साउनेपानीमा सो पार्टीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उपस्थित रहेका सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो ।

पार्टीको तीन महीने अभियानअन्तर्गत धवाङमा सांस्कृतिक कार्यक्रम भइरहेका बेला प्रहरीले सुवेदीलाई पक्राउ गरेको बताइएको छ । कार्यक्रममा सो पार्टीका अन्य नेता कार्यकर्ताको समेत उपस्थिति रहेपनि सुवेदी मात्रै पक्राउ परेको सुरक्षा स्रोतले जनाएको छ ।

सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा लागेको सो पार्टीका नेता कार्यकर्ता अहिले सदरमुकाम छाडेर गाउँमै केन्द्रित हुन थालेका छन् । प्रतिनिधिसभा निर्वाचनका क्रममा यसअघि पनि लामो समय हिरासतमा बसेर रिहा भएका सुवेदी पुनः पक्राउ परेका हुन् ।
-रासस

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ९ : १३ बजे

स्पेनका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न

मलेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपमा मलेसियालाई

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतबाट सदर

काठमाडौं । विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्तिलाई सर्वोच्च

एमाले महासचिव शंकर पोखरेलको निर्देशन : नेतृत्वको बहश रोक्नु

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेतृत्वको बहश रोक्न