२०८२, ३ कार्तिक आईतबार

धितोपत्र बजार अनलाइनमा जान समय लाग्ने

धितोपत्र बजार अनलाइनमा जान समय लाग्ने


काठमाडौँ, १ असोज : धितोपत्र बजारलाई पूर्णरुपमा अनलाइन प्रणालीमा लैजान अझै दुई महिना लाग्ने भएको छ । अनलाइन कारोबार प्रणालीको परीक्षण शुरु भएको जानकारी दिन आज नेपाल स्टक एक्चेञ्जमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आगामी दुई महिनापछि मात्रै शेयर कारोबार पूर्णरुपमा अनलाइनमा हुनेछ ।

निर्धारित समयमा आवश्यक भौतिक पूर्वाधार तथा तयारी हुन नसक्दा पूर्णरुपमा कारोबार अनलाइनमार्फत हुन नसकेको स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिनुभयो । ‘डाटा सेन्टर’ तयारीका लागि थप समय लाग्ने भएकाले पूर्णरुपमा अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउन समस्या भयो, परीक्षणको रुपमा ‘मोक टे«डिङ’ मात्रै शुरु भएको छ’ प्रमुख कार्यकारी अधिकृत साउदले भन्नुभयो ।

परीक्षण गर्न मात्रै कम्तिमा डेढ महिना लाग्ने देखिएको छ । शेयर दलाल कम्पनीले पनि टाडा सेन्टर बनाउन स्टकले निर्देशन दिएको छ । दलाल कम्पनीले आफ्नै डाटा सेन्टर तयार गर्नसक्ने वा सामूहिक रूपमा पनि तयार गर्नसक्ने व्यवस्था गरिएको छ । परीक्षणका रुपमा मङ्गलबारदेखि लगानीकर्तालाई अभ्यस्त बनाउन लागिएको स्टकले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ९ : ०४ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल