२०८२, ३ कार्तिक आईतबार

अमेरिकी करवृद्धिको जवाफ चीनले दिन्छ : विदेश मन्त्रालय

अमेरिकी करवृद्धिको जवाफ चीनले दिन्छ : विदेश मन्त्रालय


बेइजिङ, चीन, १ असोज: अमेरिकाले चीनबाट आउने सामानमा नयाँ दुई अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने भनी सञ्चारमाध्यममा आएका निर्णयहरू कार्यान्वयनमा ल्याएमा बेइजिङले पनि यसको यथोचित जवाफ दिने चीनको विदेश मन्त्रालयले सोमबार जनाएको छ । “यदि अमेरिकाले चीन पठाउने थप सामानमा नयाँ करको वृद्धिको घोषणा गरेमा बेइजिङले यसविरूद्ध नयाँ उपायको घोषणा गरी आफ्नो कानुनी अधिकार चाहनालाई प्रत्याभूत गर्नेछ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले सञ्चारकर्मीसँगको नियमित भेटका क्रममा बताउनुभयो ।

विश्वका यि दुई शक्ति राष्ट्रहरूबीच विगत केही महिनादेखि व्यापार युद्ध चलिरहेको छ जसका कारण दुबै मुलुकका ग्राहकलाई प्रभावित तुल्याएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसपहिलेदेखि नै चीनबाट अमेरिका आयात हुने ५० अर्ब अमेरिकी डलर बराबरको सामानमा २५ प्रतिशत कर बढाएको थियो । बदलामा चीनले पनि अमेरिकाबाट चीन ल्याउने सामानमा कर वृद्धि गरेको थियो ।

हालै वासिङटनले व्यापार विवादबारे नयाँ वार्ता गर्न गरेको आह्वानलाई गत हप्ता स्वागत गरेको थियो । यस बिषयमा दुई पक्षबीच छलफल चलिरहेको थियो जसले विश्वका दुई शक्तिशाली अर्थतन्त्र भएका मुलुक व्यापार युद्धबाट फिर्ता हुने आशा पलाएको थियो । गत साताको अन्तमा अमेरिकी ‘वाल स्ट्रिट जर्नल’ले राष्ट्रपति ट्रम्पलाई उद्धृत गरी अमेरिकाले चीनबाट आयात हुने सामानमा २०० अर्ब अमेरिकी डलर बराबरको कर लगाउन लागिएको जनाएको थियो । उक्त कदमले वार्तालाई रद्द गर्ने निर्णय लिन बाध्य पार्नेे चिनियाँ अधिकारीले बताएका छन् ।

अमेरिकाले चीनबाट करिब ५०० अर्ब अमेरिकी डलर बराबरको सामान आयात गर्छ । अमेरिकाले चिनियाँ सामानमा नयाँ कर लगाउने निर्णयले चिनियाँ स्टक बजारमा सोमबार नै एक प्रतिशतले गिरावट देखिएको छ । साङ्घाई कम्पोजिट इन्डेक्स सन् २०१४ पछि पहिलो पटक निम्न विन्दुमा झरी २६५१.७९ पुगेको छ । अमेरिका र चीनबीच व्याप्त व्यापार विवादले कसैको पनि हित नगर्ने, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङले बताउनुभयो ।

हामीले समानता, इमान्दारिता, आपसी सम्मानसहित हुने वार्ताले अमेरिका र चीनबीच व्याप्त वर्तमान व्यापार विवादलाई सही दिशा दिने बताउँदै आएका छौँ, प्रवक्ता गेङले थप्नुभयो । तर यसको प्रतिक्रिया स्वरूप अमेरिकी राष्ट्रपति ट्रम्पले कर वृद्धिको चेतावनी दिनुभएको छ । बेइजिङले अमेरिकाबाट चीनमा आयात गर्ने छाला, कोका क्रिम र कन्डोमलगायतका सामानमा ६० अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने लक्ष्य लिएको छ ।
-रासस÷एएफपी

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ७ : ४३ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल