२०८३, २२ जेष्ठ शनिबार

कतारले पनि विद्युतीय गाडी उत्पादन गर्ने

कतारले पनि विद्युतीय गाडी उत्पादन गर्ने


दोहा, १ असोज : कतारले आउदो सन् २०२३ मा पहिलो पटक विद्युतीय सवारी साधन उत्पादन गर्ने सोमबार घोषणा गरेको छ । कतारी विद्युतीय सवारी साधन उत्पादन गर्न नौ अर्ब अमेरिकी डलरको लगानीमा गाडी कारखाना स्थापना गर्ने कतारको योजना छ । यस्तो प्रकारको उत्पादन तथा कारखाना स्थापना गर्ने कार्य मध्यपूर्वमै पहिलो र नौलो हुने कतारी पत्रिका “कतार ट्रिवुन”ले जनाएको छ ।

उत्पादनको जिम्मा कतार क्वालिटी कम्पनीका अध्यक्ष अलिविन नासिर अल–मिस्नाडले लिनु भएको छ । नयाँ उत्पादन हुने विद्युतीय सवारी साधन पेट्रोल तथा डिजेलबाट चल्ने गाडीभन्दा पूरै फरक प्रकारको हुने बताइएको छ । अध्यक्ष अल मिस्नाडले सन् २०२४ सम्ममा पाँच लाख गाडी उत्पादन गर्ने योजना बनाइएको जानकारी दिनुभयो । उत्पादित विद्युतीय गाडीहरु संसार भरका अन्य देशहरुमा निर्यात गरिने उहाँको भनाई छ ।

विद्युतीय सवारी साधन उत्पादनका लागि छ ओटा कम्पनी स्थापना गर्ने त्यसले सवारी साधनका फरक फरक पाटपुर्जा बनाउने उहाँले जानकारी दिनुभयो । पछिल्ला बर्षहरूमा विद्युतीय गाडी निर्माणलाई चीन, अमेरिका तथा यूरोपेली राष्ट्र लगायतका विश्वभर आकर्षण बढेको देखिएको छ ।

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ७ : ४० बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति