२०८२, ३ कार्तिक आईतबार

कतारले पनि विद्युतीय गाडी उत्पादन गर्ने

कतारले पनि विद्युतीय गाडी उत्पादन गर्ने


दोहा, १ असोज : कतारले आउदो सन् २०२३ मा पहिलो पटक विद्युतीय सवारी साधन उत्पादन गर्ने सोमबार घोषणा गरेको छ । कतारी विद्युतीय सवारी साधन उत्पादन गर्न नौ अर्ब अमेरिकी डलरको लगानीमा गाडी कारखाना स्थापना गर्ने कतारको योजना छ । यस्तो प्रकारको उत्पादन तथा कारखाना स्थापना गर्ने कार्य मध्यपूर्वमै पहिलो र नौलो हुने कतारी पत्रिका “कतार ट्रिवुन”ले जनाएको छ ।

उत्पादनको जिम्मा कतार क्वालिटी कम्पनीका अध्यक्ष अलिविन नासिर अल–मिस्नाडले लिनु भएको छ । नयाँ उत्पादन हुने विद्युतीय सवारी साधन पेट्रोल तथा डिजेलबाट चल्ने गाडीभन्दा पूरै फरक प्रकारको हुने बताइएको छ । अध्यक्ष अल मिस्नाडले सन् २०२४ सम्ममा पाँच लाख गाडी उत्पादन गर्ने योजना बनाइएको जानकारी दिनुभयो । उत्पादित विद्युतीय गाडीहरु संसार भरका अन्य देशहरुमा निर्यात गरिने उहाँको भनाई छ ।

विद्युतीय सवारी साधन उत्पादनका लागि छ ओटा कम्पनी स्थापना गर्ने त्यसले सवारी साधनका फरक फरक पाटपुर्जा बनाउने उहाँले जानकारी दिनुभयो । पछिल्ला बर्षहरूमा विद्युतीय गाडी निर्माणलाई चीन, अमेरिका तथा यूरोपेली राष्ट्र लगायतका विश्वभर आकर्षण बढेको देखिएको छ ।

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ७ : ४० बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल