२०८३, १६ आश्विन शनिबार

पाटन अस्पतालमा दुई वर्षमा दोब्बर बिरामी

पाटन अस्पतालमा दुई वर्षमा दोब्बर बिरामी


ललितपुर, १ असोज: पाटन अस्पतालमा बिरामी आउने सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । दुई वर्षपहिलेको तुलनामा अहिले बिरामी आउने सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो । तर बिरामीको सङ्ख्या बढ्दै गए पनि त्यसअनुसारको पूवाधार नहुँदा व्यवस्थापन गर्न कठिन भएको अस्पतालले जनाएको छ । दुई वर्षपहिलेसम्म दैनिक झण्डै एक हजार तीन सय हाराहारीमा बहिरङ्ग सेवा (ओपिडी) मा बिरामी आउने गरेका थिए । अहिले यो सङ्ख्या झण्डै दुई हजारको हाराहारीमा छ । अस्पतालका अरू किसिमका सेवा लिन आउने बिरामीको पनि सङ्ख्या बढिरहेको अस्पतालले जनाएको छ ।

देशभरबाट आउने बिरामीको सङ्ख्या बढ्दै गएको पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले बताउनुभयो । यहाँको सेवा चित्त बुझेकै कारण बिरामी बढिरहेको उहाँको बुझाइ छ । सेवाग्राहीलाई अस्पतालले साधनस्रोतले भ्याएसम्मको सेवा दिइरहेको छ । उहाँले भन्नुभयो, “हामीले भएका साधन र जनशक्तिले भ्याएसम्मको सेवा बिरामीलाई दिइरहेका छौँ ।” सानो क्षेत्रफलमा भएको अस्पतालमा चारैतिर भवन बनिसकेका छन् । भवन बनाउन बाँकी खाली जग्गा कम मात्रै बाँकी रहेको निर्देशक शर्माले बताउनुभयो । अस्पतालमा बिरामीको चाप बढ्दा अझै धेरै सेवा विस्तारको खाँचो छ । कतिपय भवन पुराना बन्दै गएकाले पनि नयाँ भवनको खाँचो रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तर अस्पताल परिसरमा नयाँ भवन बनाउन खाली जमीन ज्यादै कम छ ।”

अस्पतालमा प्रसूति सेवा लिन र गर्भवती जाँचका लागि आउने दुवै खालका बिरामी बढिरहेको छ । प्रसूति सेवा दिनेमा प्रसूतिगृहपछि यो अस्पताल काठमाडौँ उपत्यकाको नै दोस्रो भएको शर्माले बताउनुभयो ।

काठमाडौँ उपत्यका र देशभरबाट नै सिफारिश भएर आएका बिरामी यहाँ आउने गरेका छन् । उहाँले भन्नुभयो, “प्रसूति सेवामा झन् ह्वात्तै बढेको छ ।” अस्पतालले परोपकार कोष स्थापना गरेको छ । जसबाट गरीब सेवाग्राहीलाई निःशुल्क उपचार हुँदै आएको छ । अस्पतालमा छिटो सेवा लिन चाहने बिरामीका लागि निजी क्लिनिक रहेको छ । निजी क्लिनिकबाट भएको नाफाबाटै निजी क्लिनिक सञ्चालन हुने गरेको हो ।

उहाँले भन्नुभयो, “खर्च गरेर पनि चाँडो सेवा लिन्छु भन्नेबाट महँगो शुल्क लिएर गरीब र असहायलाई निःशुल्क गर्नु हाम्रो उद्देश्य रहेको छ ।” निजी क्लिनिक र साधरण सेवामा दुवैमा सेवाको गुणस्तर उस्तै भए पनि निजीमा बिरामीले चाँडो सेवा पाउँछन् । कतिपय बिरामीलाई सघन उपचार कक्षमा समेत निःशुल्क उपचार गरिएको निर्देशक शर्माले बताउनुभयो । अस्पतालको सघनउपचार कक्ष सधैँ भीडभाड हुने गरेको छ । भुइँमा नै राखेर पनि उपचार गरिँदै आएको निर्देशक शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले जसरी सक्छौँं, त्यसो गरेर नै उपचार गरिरहेका छौँ ।” उपचार नै नगरी बिरामीलाई फिर्ता नगरिएको उहाँको भनाईछ । सबै खालका बिरामीलाई समान व्यवहार गर्ने उद्देश्य रहेको अस्पतालले जनाएको छ । पैसा हुने र नहुने कोही पनि बिरामी उपचार नपाएर फर्कन नपर्ने उहाँको दाबी छ । उहाँले भन्नुभयो, “भुइँमा राखेर लगाएर पनि उपचार गर्ने तर बिरामीलाई फर्काएर नपठाउने हाम्रो उद्देश्य छ ।”
-रासस

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ७ : १६ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र