२०८२, ९ बैशाख मंगलबार

राप्रपा प्रतिवेदन अनुमोदित

राप्रपा प्रतिवेदन अनुमोदित


काठमाडौँ, १ असोज: रााष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मङ्गलबारदेखि काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने प्रतिवेदनलाई अनुमोदन गरेको छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले संविधानअनुसार सरकार गठन भएको लामो समय भए पनि सामाजिक परिवर्तनको अनुभव हुन नसकेको भनी चिन्ता व्यक्त गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष थापाले समसामयिक राजनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदनमा पार्टीले लिएको हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको वैचारिक दृष्टिकोणलाई भावी कार्यदिशाका रुपमा अगाडि बढाउने भनिएको छ । प्रतिवेदनमा करीब दुई दशक अगाडि वर्षमा १२ हजार जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेकामा अहिले सो सङ्ख्यामा वृद्धि भई पाँच लाख पुगेकाले देशमा उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ ।

महामन्त्री भाष्कर भद्राले सचिबालयसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नुभएको छ । करीब २०० नेता तथा कार्यकर्ताको सहभागितामा पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक यही असोज २ र ३ गते काठमाडौंँमा बस्दैछ ।

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ६ : ०८ बजे

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज