२०८२, २७ चैत्र शनिबार

राप्रपा प्रतिवेदन अनुमोदित

राप्रपा प्रतिवेदन अनुमोदित


काठमाडौँ, १ असोज: रााष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मङ्गलबारदेखि काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने प्रतिवेदनलाई अनुमोदन गरेको छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले संविधानअनुसार सरकार गठन भएको लामो समय भए पनि सामाजिक परिवर्तनको अनुभव हुन नसकेको भनी चिन्ता व्यक्त गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष थापाले समसामयिक राजनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदनमा पार्टीले लिएको हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको वैचारिक दृष्टिकोणलाई भावी कार्यदिशाका रुपमा अगाडि बढाउने भनिएको छ । प्रतिवेदनमा करीब दुई दशक अगाडि वर्षमा १२ हजार जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेकामा अहिले सो सङ्ख्यामा वृद्धि भई पाँच लाख पुगेकाले देशमा उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ ।

महामन्त्री भाष्कर भद्राले सचिबालयसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नुभएको छ । करीब २०० नेता तथा कार्यकर्ताको सहभागितामा पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक यही असोज २ र ३ गते काठमाडौंँमा बस्दैछ ।

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ६ : ०८ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण