२०८३, २ बैशाख बिहीबार

नेपाल र भारत सम्बन्ध अझ प्रगाढ हुन्छ : मुख्यमन्त्री राउत

नेपाल र भारत सम्बन्ध अझ प्रगाढ हुन्छ : मुख्यमन्त्री राउत


महेन्द्रनगर, धनुषा, ३१ भदौ: मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ को राजधानी जनकपुर र भारत विहारको राजधानी पटनालाई जोड्ने नेपाल–भारत मैत्री बस सेवा सञ्चालन भएसँगै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालको तर्फबाट स्वयम्भु मञ्जुश्री यातायात प्रालीले सञ्चालन गरेको जनकपुर–पटना बस सेवा शुभारम्भ गर्नु हुँदै मुख्यमन्त्री राउतले सेवा सञ्चालनसँगै हिन्दू धर्मावलम्बीका आस्थाको केन्द्र जनकपुरमा भारतीय पर्यटक ल्याउन सहयोग पुग्ने बताउनुभयो ।

मुख्यमन्त्री राउतले जनकपुरधाम–पटना नेपाल भारत मैत्री बस सेवाले जनकपुरको धार्मिक पर्यटकीय विकासमा विशेष टेवा पुग्ने बताउँदै नेपाल भारत बीचको धार्मिक, समाजिक तथा पारिवारिक सम्बन्धलाई अझ मजबुत हुने उल्लेख गर्नुभयो । उहाँले जनकपुरधामको विकासको मुख्य आधार धार्मिक पर्यटन नै रहेकाले भारतको विभिन्न धार्मिक स्थलका साथै नेपालकै विभिन्न शहरबाट समेत हवाई सेवा सञ्चालनको पहल भई रहेको जानकारी दिनुभयो ।

उहाँले पोखराबाट हवाई सेवा सञ्चालनका लागि पहिलो चरणको छलफल भई रहेको उल्लेख गर्दै लुम्बिनीलगायतको स्थानबाट समेत हवाई सेवा सञ्चालनको पहल भइरहेको बताउनुभयो । मुख्यमन्त्री राउतले नेपाल र भारतमा रहेका ९० प्रतिशत ओमकार परिवारका व्यक्तिलाई जीवनमा एक पटक जनकपुर आउनै पर्ने वातावरण बनाउन प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्य गरेर योजना बनाउनु आवश्यक रहेको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ३१ भाद्र आईतबार  ८ : ४९ बजे

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको