२०८२, २० असार शुक्रबार

जनकपुरधाम–पटना बस सेवा आजदेखि शुरू

जनकपुरधाम–पटना बस सेवा आजदेखि शुरू


महेन्द्रनगर, धनुषा, ३१ भदौ : नेपालको प्रदेश २ को राजधानी जनकपुर र भारत विहार प्रदेशको राजधानी पटनासम्म चल्ने बहुप्रतीक्षित बस सेवा आजदेखि विधिवत् शुरु भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज जनकपुरबाट पटनाका लागि बस सेवाको उद्घाटन गर्नुभएको थियो । आज दिउँसो १२ बजे मुख्यमन्त्री राउतले हरियो झण्डा देखाएर जनकपुरबाट पटनाका लागि प्रस्थान गरेको बसलाई विदाइ गर्नुभयो । जनकपुर–पटना र काठमाडौँ–बोधगयाका लागि दैनिक चारवटा बस सञ्चालन गरिने बताइएको छ ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुर र विहार राज्यको राजधानी पटना जोड्ने पटना–जनकपुरधाम बस सेवा गत मङ्गलबारदेखि सञ्चालनमा आएको हो । विहारका मुख्यमन्त्री नितिश कुमारले पटनामा हरियो झण्डा देखाएर पटना–जनकपुर बस सेवाको शुभारम्भ गर्नुभएको थियो । गत मङ्गलबारदेखि नै विहारको बोधगया र काठमाडौँ बस सेवा पनि शुरू भएको छ ।

भारत–नेपाल बससेवा नाम दिइएको दुई मुलुकबीच भारततर्फबाट विहार सरकारको विहार राज्य पथ परिवहन विभाग र नेपालको स्वयम्भू मञ्जुश्री प्रालिले बस सेवा सञ्चालन गरेको जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अध्यक्ष मनोज चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीका अनुसार दुईदेशीय बस सेवा व्यवस्थापनका लागि बस रोक्ने स्थानमा सुविधा सम्पन्न कार्यालय सञ्चालन गरिएको छ ।

जनकपुरबाट छुट्ने बस भिट्ठामोड, सीतामढी हुँदै पटना पुग्नेछ भने काठमाडौँबाट छुट्ने बस वीरगञ्ज, रक्सौल, मोतिहारी हुँदै पटना पुग्नेछ । जनकपुर–पटनाको करीब २२५ किलोमिटर दूरीको बसको भाडा भारु २७५, बोधगया–काठमाडौँको भाडा एक हजार २५० र काठमाडौँ–पटनाको भाडा एक हजार १५ रूपैयाँ भारू निर्धारण गरिएको छ ।

एसी सुविधायुक्त यस जनकपुर पटना बस सेवा प्रत्येक दिन जनकपुरबाट बसपार्कबाट बिहान १० बजे रात्रि सेवा ८ बजे हुने बताइएको छ । आज पहिलो बस सेवामा ३० जना यात्रुसहित गाडी प्रस्थान गरेको छ । तीस जना यात्रुमध्ये २६ जना पटनाका लागि र चार जना मुजफ्फपुरको लागि हिँडेको बताइएको छ । सन् २०१४ मा नेपाल–भारतबीच सम्पन्न पारवहन सम्झौताअनुसार दुवै देशका धार्मिक, पर्यटकीय शहरबीच बस सेवा सञ्चालन गर्ने सहमति भएको थियो । सहमतिअनुसार काठमाडौँ–दिल्ली तथा काठमाडौँ–वीरगञ्ज–बोधगया बस सेवा सञ्चालन भए पनि जनकपुरधाम–पटना बस सेवा भने सञ्चालन हुन सकेको थिएन ।

वर्षेनी हजारौँ नेपाली स्वास्थ्योपचार, अध्ययन, व्यवसाय तथा धार्मिक–सांस्कृतिक पर्यटनका लागि भारतका विभिन्न शहर जान्छन् । विहार प्रदेशको राजधानी पटना रेल, बस तथा हवाईमार्गबाट समेत जोडिएकाले जनकपुर–पटनाको बस सेवा यात्रुका लागि लाभदायक हुने विश्वास स्थानीय बासिन्दाको छ । पहिले पटना पुग्न जनकपुरबाट नेपाली नाका भिट्ठामोडसम्म तथा भिट्ठामोडबाट भारतको सीतामढी–मुजफ्फरपुर हुँदै जानुपथ्र्यो । पटकपटक बस, रिक्सा, टेम्पो आदि परिवर्तन गर्न यात्रीलाई असुविधा हुने गरेको थियो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सास्तीसमेत बेहोर्नु परेको थियो । सीधा बस सेवा सञ्चालन हुँदा जनकपुरबाट सरसामानसहित सिधा पटना पुग्न सकिने स्थानीयको भनाइ छ ।

“सिधा बस सेवा सञ्चालन हुँदा सस्तो पर्नुका साथै समय बचत हुन्छ । सुरक्षित पनि हुन्छ”, जनकपुर निवासी सतीशलाल कर्णले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख १८ गते जानकी मन्दिर प्राङ्गणमा हरियो झण्डा देखाएर प्रारम्भ गरेको जनकपुरधाम–अयोध्या बस सेवा भने अझै पनि नियमित सञ्चालन हुन सकेको छैन । जनकपुरधाम–अयोध्या बस सेवा पनि नियमित सञ्चालन हुनुपर्ने स्थानीय बासिन्दाले बताएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ३१ भाद्र आईतबार  ७ : ४९ बजे

रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन्

रामेछाप । रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक

तस्विरमा धरहरा वरपरकाे क्षेत्र

काठमाडौं । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक