२०८३, २६ आश्विन मंगलबार

रेल दुर्घटनामा कम्तीमा २० घाइते

रेल दुर्घटनामा कम्तीमा २० घाइते


इस्लामावाद, पाकिस्तान, ३१ भदौ : पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा २० जना घाइते भएका पाकिस्तानी रेल सेवा सम्बद्ध एक अधिकारीले बताएका छन् । कुशल खान रेल कम्पनीको रेलका आठ डब्बा पञ्जावको एटक जिल्लाको सोहान पुल–माखन्द स्टेशनबीचको क्षेत्रमा लिकबाट बाहिरिँदा दुर्घटना भएको पाकिस्तान रेल सेवाका केन्द्रिय प्रवक्ताले बताए ।

रेल दुर्घटना भएको केही समयभित्रै प्रहरी, सुरक्षाकर्मीलगायतका उद्धार समूहहरू घटनास्थल पुगी घाइते सबैजनालाई उपचारका लागि एटकस्थित जिल्ला अस्पतालमा लगिएको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेकोले सघन उपचार कक्ष (आइसीयु) मा राखी उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । दुर्घतनाग्रस्त रेल दक्षिणी बन्दरगाह शहर कराँचीबाट उत्तरपश्चिमी शहर पेशावरतर्फ गइरहेको थियो । दुर्घटनापछि उक्त खण्डमा रेल सेवा अवरूद्ध भएको छ । यसैबीच घटनाबारे अनुसन्धान गर्न एउटा विज्ञहरू सम्लग्न रहेको छानविन समिति गठन गरी जिम्मेवारी दिइसकिएको प्रवक्ताले बताए ।

पाकिस्तानको संसदमा पेश भएको एक रिपोर्ट अनुसार पाकिस्तानमा सन् २०१३ देखि २०१६ को अन्त्यसम्म ठूला तथा साना गरी ३३८ रेल दुर्घटना भएका छन् भने उक्त घटनाहरूमा ११८ जनाको मृत्यु भएको छ । पाकिस्तानमा कमजोर रेलमार्ग, पूराना गाडी, गैर–व्यवसायिक कर्मचारी र पूराना संरचनाका कारण दुर्घटना हुने गरेका रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : २०७५, ३१ भाद्र आईतबार  ६ : ५१ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल