२०८२, ११ कार्तिक सोमबार

नेपालको सूचना प्रविधिमा दक्षिण कोरियाले सघाउने:मन्त्री बाँस्कोटा

नेपालको सूचना प्रविधिमा दक्षिण कोरियाले सघाउने:मन्त्री बाँस्कोटा


काठमाडौँ ३१ भदौ नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दक्षिण कोरियाको आफ्नो भ्रमण मुलुकको सूचना र प्रविधिमा सहयोग आदानप्रदान गर्ने विषयमा उपब्धिमूलक भएको बताएका छन् ।

दक्षिण कोरियामा सम्पन्न भएको ‘पिपुल्स कल्चर सेन्टर डिजिटल डेभलपमेन्ट’ विषयको सञ्चार र सूचना प्रविधि मन्त्रिस्तरीय बैठकमा सहभागी भई उनी आइतबार स्वदेश फर्केको हो । दक्षिण कोरियाको सोलमा सम्पन्न उक्त बैठकमा एशिया प्रशान्त क्षेत्रका १२ देशका सञ्चार तथा सूचना प्रविधि मन्त्रीको सहभागिता थियो ।

स्वदेश फर्कने क्रममा मन्त्री बाँस्कोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बैठकमा मूलभूत रुपमा विश्वमा प्रचलित आधुनिक सूचना प्रविधिमा पछिल्लो समयमा देखिएका चुनौतीको सामना गर्ने सन्दर्भमा आपसी सहकार्यका बारेमा छलफल भएको बताए ।

उनले भन्नुभयो, “आधुनिक सूचना प्रविधिको नयाँ रुप ‘विग डाटा’ र ‘आर्टिफिसियल इन्टेलिजेन्स’ जस्ता विषयमा पनि समाजलाई अघि बढाउनुपर्छ र त्यसका लागि हरेक देशले तयारी गरी आपसी सहकार्य गर्ने बारेमा छलफल भयो ।”

बैठकमा सूचना प्रविधिलाई आमजनताको पहुँच तथा जनताको आयमा प्रयोग गर्ने र सूचना प्रविधिको सुरक्षाबारेमा समेत छलफल भएको मन्त्री बाँस्कोटाले जानकारी गराए ।

बैठकमा हरेक समाजका मूल्य मान्यता र संस्कृतिको संरक्षण गर्दै डिजिटल प्रविधिको विकासका सन्दर्भमा समाजलाई आधुनिकतातर्फ लैजाने सम्बन्धमा छलफल भएको उनले बताए । भ्रमणका अवसरमा मन्त्री बाँस्कोटाले दक्षिण कोेरियाका सूचना तथा विज्ञान प्रविधिमन्त्री यू योङ मिनसँग द्विपक्षीय वार्ता र छलफल भएको अवगत गराउँदै दक्षिण कोरियाले नेपालको ‘डााटा सेन्टर’लाई विस्तार र थप सुदृढ गर्न सहयोग गर्न सकारात्मक देखिएको बताए ।

मन्त्री बाँस्कोटाले भने, “चुनौती बन्दै गएको साईबर सुरक्षामा ज्ञान आदानप्रदान र डिजिटल साक्षरतामा पूँजी, प्रविधि र ज्ञानका क्षेत्रमा सघाउने विषयबारेमा सकारात्मक छलफल भयो ।” भ्रमणमा सूचना प्रविधिमा सहकार्यका लागि महत्वपूर्ण घोषणा भएको र कोरियासँगको द्विपक्षीय भेटवार्ता पनि नेपालको लागि लाभदायी भएको उनले बताए । रासस

प्रकाशित मिति : २०७५, ३१ भाद्र आईतबार  ४ : ४२ बजे

छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई

छठ पर्वले सबैलाई परिवार, समुदाय र समग्र मानव कल्याणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक

छठ पर्वको सन्देश दिँदै प्रधानमन्त्री कार्कीले भनिन् -सबै नेपालीबीच एकताको खाँचो अझ बढी छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठसहितका चाडपर्वहरूले नेपाली समाजमा सामाजिक

४ लाख २२ हजार संस्थापक शेयर बिक्रीमा, प्रभु बैंकमा लगानीको नयाँ अवसर

काठमाडौं । देशका अग्रणी वाणिज्य बैंकमध्ये एक प्रभु बैंक लिमिटेडले

दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका हेलिकप्टर र लडाकू विमान दुर्घटना

काठमाडौं । अमेरिकी नौसेनाका एक हेलिकप्टर र एक लडाकू विमान