२०८२, २३ माघ शुक्रबार

सर्लाहीमा बस दुर्घटना–दुईको मृत्यु, २३ घाइते

सर्लाहीमा बस दुर्घटना–दुईको मृत्यु, २३ घाइते


सर्लाही, ३० भदौ : सर्लाही ब्रह्मपुरी गाउँपालिकामा शनिबार साँझ भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ईश्वरपुर नपा–९ का २६ वर्षीया नथुनी राय यादव र सोहि स्थानका १९ वर्षीया अञ्जु साह रहेको प्रहरीले जनाएको छ ।

ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगरबाट ईश्वरपुर जाँदै गरेको ना २ ख ८००३ नंको बस ब्रह्मपुरी–१ महदेवा पोखरीनजीक साँझ ५ः३० बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएकाहरुको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । घाइते हुनेमा अधिकांश महिला छन् ।

घाइते हुनेमा चन्द्रनगर गाउँपालिका मोहनपुरका ४० वर्षीया सलिमा खातुन, ५५ वर्षीया रबिया खातुन, ईश्वरपुर नपा–९ खैराका ३६ वर्षीया देवकी साह, ४५ वर्षीया शान्ति देवी, १६ वर्षीया अंशुकुमारी मिश्रा, २२ वर्षीया निभादेवी ठाकुर, ईश्वरपुर रामनगरका २५ वर्षीय अमित ठाकुर, ४५ वर्षीया उर्मिला साह, ईश्वरपुर अनसनमाका ६५ वर्षीया जलजलिया देवी महरा, २४ वर्षीय मनोज साह, ५५ वर्षीया प्रमशिला महरा, ईश्वरपुरर–११ करमुहानका ३० वर्षीया समुन्द्री देवी, २४ वर्षीया अञ्जुदेवी साह, ४५ वर्षीया उर्मिला ठाकुर, ब्र्रह्मपुरी गापा–६ का ४२ वर्षीया जुलेखा खातुन, चन्द्रनगर बिर्ताको ७० वर्षीय वाजुल लहेरी, चन्द्रनगर गापा–१ का ३५ वर्षीया मञ्जुदेवी चौधरी, ७२ वर्षीया कलसियादेवी बैठालगायत छन् ।

घाइते मनोज साहका अनुसार बाटोमा धेरै खाल्डाखुल्डी भएका कारण बसको बायाँ पट्टा भाँचिएका कारण बस दुर्घटनामा परेको थियो । पट्टा भाँचिएको ठाउँबाट केही अगाडि गएपछि बस दुर्घटनामा परेको उहाँले जानकारी दिनुभयो ।

बाटोमा भएको खाल्डाखुल्डी पुर्न नदीबाट गिट्टी निकाल्न खोज्दा प्रशासनले रोक लगाएकाले खाल्डाखुल्डी पुर्न नसकेका कारण बस दुर्घटना हुन पुगेको सर्लाही क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रमोद साहको आरोप छ ।

प्रजिअ र सर्लाहीका सुरक्षा निकायका प्रमुखसँग पटक पटक बैठक गरी बाटो मर्मतका लागि नदीबाट गिट्टी निकाल्न दिन आग्रह गर्दा पनि माथिको आदेश भन्दै नमानेकाले बस दुर्घटना हुन पुगेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ११ : ०० बजे

निर्वाचन आयोगको दाबी: अब ढुक्कसँग निर्वाचन हुन्छ, बिथोल्न कसैले सक्दैन

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय