२०८२, २४ पुस बिहीबार

टोखा चण्डेश्वरीलाई पर्यटकीय गन्तव्य बनाइनेः उपप्रधानमन्त्री पोखरेल

टोखा चण्डेश्वरीलाई पर्यटकीय गन्तव्य बनाइनेः उपप्रधानमन्त्री पोखरेल


काठमाडौँ, ३० भदौ : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले टोखा चण्डेश्वरी क्षेत्रलाई व्यवस्थित गर्न एकीकृत गुरुयोजनाअन्तर्गत धार्मिक, पुरातात्विक र पर्यटकीय गन्तव्य बनाइने बताउनुभएको छ । टोखा र बुढानीलकण्ठ नगरपालिकाको सीमामा पर्ने चण्डेश्वरीस्थित मुस्खारेश्वर मन्दिरका निर्माणको शुभारम्भका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “टोखा चण्डेश्वरी क्षेत्रमा सडक, खानेपानी, वन, मन्दिर, पर्यटनलगायत सबै क्षेत्र समेटेर एकीकृत विकासको योजनाका लागि केन्द्र सरकारले पहल गर्नेछ भन्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “विकास निर्माण कुनै दल विशेषका आधारमा होइन, सबै मिलेर गर्नुपर्छ, ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रको संरक्षण हुनुपर्छ, पुर्खाको सम्पत्ति रक्षा गर्न नसक्नेले सन्ततिलाई केही दिन सक्दैनन् ।” प्रदेश नं ३ का प्रदेशसभा सदस्य दीपक निरौलाले सो क्षेत्रको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

पुरातत्व विभागका महानिर्देशक भेषराज दाहालले काठमाडौँ उपत्यका विकास प्राधिकरणको सहकार्यमा रु ९० लाखमा सो मन्दिर निर्माण हुने बताउनुभयो । मुस्खारेश्वर मन्दिर ६४ योगिनीमध्ये एक मानिन्छ ।
– रासस

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ९ : ३१ बजे

प्रचण्डको सर्वसत्तावाद र विर्सजनवादको विरुद्ध कडा पत्र लेख्दै रहबरले पार्टी छाडे

काठमाडौं । माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले बिहीबार पार्टी

एमाले सचिव बस्नेतद्वारा सरकारको विश्वसनीयता र निष्पक्षतामा प्रश्न

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारको वर्तमान कार्यशैलीले

नेपाल-कोरिया सम्बन्ध सुदृढ : राजदूत डा. शिवमाया तुम्बाहाम्फेको एक वर्षको सक्रिय कूटनीति

काठमाडौँ । नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेले दक्षिण कोरियामा आफ्नो

कांग्रेस विशेष महाधिवेशन विवाद : संस्थापन पक्ष युवा र जिल्ला सभापतिसँग बेग्लै भेला

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विवादले चरम टकरावको रुप

कांग्रेस विशेष महाधिवेशन विवाद : आयोगमा पत्र, पक्षधर र विपक्षी टकराव चर्कियो

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको मुद्दा पछिल्लो समय विवादित