२०८३, ३ आश्विन आईतबार

टोखा चण्डेश्वरीलाई पर्यटकीय गन्तव्य बनाइनेः उपप्रधानमन्त्री पोखरेल

टोखा चण्डेश्वरीलाई पर्यटकीय गन्तव्य बनाइनेः उपप्रधानमन्त्री पोखरेल


काठमाडौँ, ३० भदौ : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले टोखा चण्डेश्वरी क्षेत्रलाई व्यवस्थित गर्न एकीकृत गुरुयोजनाअन्तर्गत धार्मिक, पुरातात्विक र पर्यटकीय गन्तव्य बनाइने बताउनुभएको छ । टोखा र बुढानीलकण्ठ नगरपालिकाको सीमामा पर्ने चण्डेश्वरीस्थित मुस्खारेश्वर मन्दिरका निर्माणको शुभारम्भका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “टोखा चण्डेश्वरी क्षेत्रमा सडक, खानेपानी, वन, मन्दिर, पर्यटनलगायत सबै क्षेत्र समेटेर एकीकृत विकासको योजनाका लागि केन्द्र सरकारले पहल गर्नेछ भन्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “विकास निर्माण कुनै दल विशेषका आधारमा होइन, सबै मिलेर गर्नुपर्छ, ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रको संरक्षण हुनुपर्छ, पुर्खाको सम्पत्ति रक्षा गर्न नसक्नेले सन्ततिलाई केही दिन सक्दैनन् ।” प्रदेश नं ३ का प्रदेशसभा सदस्य दीपक निरौलाले सो क्षेत्रको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

पुरातत्व विभागका महानिर्देशक भेषराज दाहालले काठमाडौँ उपत्यका विकास प्राधिकरणको सहकार्यमा रु ९० लाखमा सो मन्दिर निर्माण हुने बताउनुभयो । मुस्खारेश्वर मन्दिर ६४ योगिनीमध्ये एक मानिन्छ ।
– रासस

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ९ : ३१ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका