२०८२, ९ भाद्र मंगलबार

तेमालको आधाबाटमा चिटिक्कको विद्यालय भवन (फोटो फिचर)

तेमालको आधाबाटमा चिटिक्कको विद्यालय भवन (फोटो फिचर)


तेमाल ३० भदौ, काभ्रेको तेमाल गाउँपालिका वडा नं १ सस्र्यूखर्क स्थित पञ्चकन्या आधारभूत विद्यालयको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । २०७२ बैशाख १२ को भूकम्पले क्षति पुगेको विद्यालयको भवन निर्माण नहुदाँ अस्थायी टहरामा पठनपाठन हुदैँ आइरहेको छ ।

४ कोठे पक्की भवन निर्माण कार्य सम्पन्न भएपछि अब अस्थायी टहरामा पढ्नु पर्ने बाध्यता हटेको छ । उक्त विद्यालय भवन छोटो समयमै निर्माण सम्पन्न भएको विद्यालय भवन निर्माण समितिका अध्यक्ष संग्राम तामाङले बताए । ‘बर्खाको बेला चुनौती त थियो, उनले भने ‘तर सबैको साथ र सहयोगमा विद्यालय भवन निर्माण कार्य सकिएको छ ।’

जिल्ला शिक्षा कार्यालय अन्तर्गत रहेको जिल्ला आयोजना कार्यान्वयन इकाईको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण कार्य सकिएको हो । यो विद्यालय तेमाल गाउँपालिकाभित्र रहेका मध्ये सबैभन्दा धेरै विद्यार्थी संख्या भएको विद्यालय हो । यहाँ अहिले ३ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यपक राम प्रसाद पाण्डेले बताए ।

वडा अध्यक्ष मानबहादुर श्रेष्ठले भुकम्पका कारण क्षति भएका सबै विद्यालयहरु पुननिर्माण गरेर अस्थाई टहराबाट बालबालिकालाई भुकम्प प्रतिरोधात्मक पक्की भवनमा अध्ययन अध्यापन गराउने बताए । यसैगरी विद्यालयका अध्यक्ष कान्छामान तामाङले विद्यालय निर्माणमा सहयोग गरेका सबै सहयोगीहरुलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ८ : ०८ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको