२०८२, १५ माघ बिहीबार

विकासलाई गति दिन कार्यशैलीमा परिवर्तन आवश्यक : मुख्यमन्त्री भट्ट

विकासलाई गति दिन कार्यशैलीमा परिवर्तन आवश्यक : मुख्यमन्त्री भट्ट


कैलाली, ३० भदौ : प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले विकासको गतिलाई अगाडि बढाउन चेतना, सोच र कार्यशैलीमा परिवर्तन आउन जरुरी रहेको बताउनुभएको छ । योङ इनोभेसन संस्था र धनगढी उपमहानगरपालिकाको संयुक्त प्रयासमा शुरु हुन लागेको पूर्वाधार व्यवस्थापन प्रणालीको आज धनगढीमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “विकासको गतिलाई अगाडि बढाउने हो भने चेतना, सोच र कार्यशैलीमा परिवर्तन ल्याउन जरुरी छ ।” मुख्यमन्त्री भट्टले प्राथमिकताका आधारमा योजनाको छनौट गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नुपबहादुर वडले पूर्वाधार व्यवस्थापन प्रणालीको कार्यान्वयनबाट नगरको सुशासनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
योङ इनोभेसन संस्थाका सिइयो विभूषण विष्टले यस कार्यक्रमबाट नगरवासीले आ–आफ्नो घरमा बसीबसी घर वरपरको पूर्वाधार निर्माणको स्थितिका बारेमा जानकारी लिन सकिने बताउनुभयो । मोबाइलमा पूर्वाधार व्यवस्थापन प्रणाली सम्बन्धी एप्स डाउनलोड गरी उपमहानगरपालिकाले काम कारवाहीका बारेमा नगरवासीले जानकारी प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ७ : ४० बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला