२०८३, २५ आश्विन सोमबार

विकासलाई गति दिन कार्यशैलीमा परिवर्तन आवश्यक : मुख्यमन्त्री भट्ट

विकासलाई गति दिन कार्यशैलीमा परिवर्तन आवश्यक : मुख्यमन्त्री भट्ट


कैलाली, ३० भदौ : प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले विकासको गतिलाई अगाडि बढाउन चेतना, सोच र कार्यशैलीमा परिवर्तन आउन जरुरी रहेको बताउनुभएको छ । योङ इनोभेसन संस्था र धनगढी उपमहानगरपालिकाको संयुक्त प्रयासमा शुरु हुन लागेको पूर्वाधार व्यवस्थापन प्रणालीको आज धनगढीमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “विकासको गतिलाई अगाडि बढाउने हो भने चेतना, सोच र कार्यशैलीमा परिवर्तन ल्याउन जरुरी छ ।” मुख्यमन्त्री भट्टले प्राथमिकताका आधारमा योजनाको छनौट गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नुपबहादुर वडले पूर्वाधार व्यवस्थापन प्रणालीको कार्यान्वयनबाट नगरको सुशासनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
योङ इनोभेसन संस्थाका सिइयो विभूषण विष्टले यस कार्यक्रमबाट नगरवासीले आ–आफ्नो घरमा बसीबसी घर वरपरको पूर्वाधार निर्माणको स्थितिका बारेमा जानकारी लिन सकिने बताउनुभयो । मोबाइलमा पूर्वाधार व्यवस्थापन प्रणाली सम्बन्धी एप्स डाउनलोड गरी उपमहानगरपालिकाले काम कारवाहीका बारेमा नगरवासीले जानकारी प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ७ : ४० बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम